National life

स्टक मार्केट चलायमान बनाउन कुनै पनि अभ्यास गरेको देखिएन :लगानीकर्ता कोइराला

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ पुस २०८१, बिहिबार
813Shares
स्टक मार्केट चलायमान बनाउन कुनै पनि अभ्यास गरेको देखिएन :लगानीकर्ता कोइराला
ncell

काठमाडौं। अंग्रेजी नयाँ वर्षले एक वर्षकोचक्र पुरा गरेर २०२४ लाई बिदाइ गर्दै २०२५ लाई स्वागत गरेको छ । नेपालको हकमा भने बितेको वर्ष २०२४ विशेषगरी अर्थतन्त्रको क्षेत्रमा निराशाको वर्ष भएको छ ।

सन् २०२४ मा नेपालको आर्थिक र बैंकिङ्ग क्षेत्रका लागि सकसपूर्ण बनेको आम नागरिकको समेत बुझाई छ । २०२४भर नेपालको बैंकहरुमा अत्यधिक तरलता थपिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कर्जा प्रवाह हुन सकेको छैन । उद्योगी व्यवसायीमा उस्तै निराशा चुलिएको छ यी सबै अवस्थालाई एक विश्लेषकको नजरले कसरी देख्छ भनेर आर्थिक भ्वाइसले लगानीकर्ता तथा विश्लेषक तिलक कोइराला लाई सोधेको छ । प्रस्तुत छ कोइरालाको धारणा..................

समग्रमा २०२४ लाई पुनः स्मरण गर्ने हो भने अर्थतन्त्रको क्षेत्रमा संकटको वर्ष बन्यो वा डिप्रेसको वर्ष बन्यो भन्ने मेरो बुझाइ हो । कुनैपनी क्षेत्रमा राम्रो बन्दै छ है वा आशाको किरण बल्दै छ है भन्ने बनेन । सामान्य रूपमा आइटीको क्षेत्रमा अन्य क्षेत्रको तुलनामा सुधारात्मक देखिएको भए पनि त्यसले समेत त्यति धेरै सन्तुष्ट देखाउन सकेन ।

यस बाहेक उद्योग, व्यवसाय वा किराना पसलहरू कुनै पनि क्षेत्रमा त्यस्तो आशा देखाउने गरी उल्लेख वृद्धि हुनै सकेन बरु यी सबै क्षेत्रमा निराशा चुलियो, आम व्यवसायी पलायन भए, व्यापार व्यवसाय चौपट भयो सबैभन्दा उत्साहको साथ मनाइले वा बजारमा चहलपहल बढ्ने दशैं तिहार जस्ता मूख्य चार्डमा समेत यस पटक बजारमा रौनक रहन सकेन यसले के संकेत गर्दछ त भन्दा हाम्रो अर्थतन्त्रको क्षेत्र अझै निराशामा छ । बजारले लय समाउन सकेको छैन  भन्ने पुष्टि गर्छ ।

त्यस्तै अर्को आर्थिक कारोबार भइरहने क्षेत्र भनेको शेयर बजार हो तर यसले पनि आम लगानीकर्तालाई खुसी पार्न सकेको अवस्था छैन । सामान्यतया नेप्से सूचक तलमाथि भए होलान् यो त एउटा प्रक्रिया नै हो तर फन्डामेन्टली राम्रा कम्पनीहरू पनि घाटामा रहेको देखियो । बजारले आम लगानीकर्तालाई निराशाकै खाडलमा राखेको देखियो ।

हुन त बजार सधैँ बढ्छ भन्ने पनि हैन । बढी रहन्छ भन्नु पनि छैन बजार तलमाथि हुनु त बजारको विशेषता हो तर नीतिगत स्थिरता नहुनु बजारबाट ठुला लगानीकर्ता बाहिरिनु लगायतका विषय भने डिप्रेशकै कारण हो । हाम्रो बजारमा तौल वा भ्यालु कति सामान्य छ , कमजोर छ भन्ने उदाहरण हो यसरी हेर्दा बजारले लगानीकर्तालाई खुसी पार्न नसकेको प्रस्ट देखिन्छ र यो अवस्था थप बढेर जाने समेत लक्षण देखिएको छ । विशेषगरी २०२४ को हकमा हेर्न हो भने जून कम्पनीहरू कम सप्लाइका थिए तिनै कम्पनीको मूल्य बढी बढेको देखिन्छ । यसले धेरै लगानीकर्ताले गुमाए र कमैले मात्रै आम्दानी गरे भन्ने प्रस्ट देखिन्छ । सबै परिपाटीलाई समीक्षा गरेर हेर्दा हिजो पनि र आज पनि हाम्रो पोलेसी एकदमै कमजोर छ भन्ने प्रस्ट देखिएको छ ।

स्टक मार्केट चलायमान गर्नका लागि माग बढाउन कुनै पनि अभ्यास गरेको देखिएन , बजारमा माग र आपूर्तिको सवालमा कुनै सरकारसँग विशेष नीति भएको देखिएन । नीतिगत सुधारको सवालमा सरकारसँग विशेष खाका नै देखिएन । कारोबारलाई मात्रै उपलब्धि मान्ने भन्दा पनि विशेष कुरा त बजार कति स्थायित्व छ ,कति उल्लासमय छ भन्ने कुरा विशेष हो तर त्यस्तो अवस्था बनेन ।

अर्को भनेको निर्माण क्षेत्रलाई समेत उत्साहित रूपमा देख्न सकिएन । सिमेन्ट कम्पनीहरू बन्द हुने अवस्थामा पुगेका छन् । उत्पादन भएको सिमेन्टले बजार पाएको छैन । बजारमा सप्लायर्स घटेकै कारण उद्योगधन्दा चलायमान हुन सकेको छैन । जसको कारण त्यहाँ आबद्ध श्रमजिवीलाइ समेत समस्या परेको अवस्था छ । बजारमा लगानी उठ्न सकेको छैन । उद्योगहरू कालोसूचीको लिस्टमा पर्न थालेका छन् । यसले उद्योगीहरूलाई निरुत्साहित बनाउने बाहेक थप काम गर्न सकेको अवस्था छैन । सरकारले बन्द भएको उद्योग, व्यवसाय खुलाउन कुनै अभ्यास गरेको देखिएन, व्यवसायीलाई पलायन हुनबाट जोगाउन कुनै नीति तथा पोलेसी निर्माण गर्न सकेको अवस्था रहेन् ।

अर्को भनेको पर्यटन क्षेत्रलाई हेरौँ त्यहाँ पनि त्यस्तै निराशा चुलिएको छ । भैरहवा, पोखरा जस्ता अन्तर्राष्ट्रिय विमानस्थल अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । केही सुरुवात देखिएको भए पनि त्यसले निरन्तरता पाउन सकेको अवस्था छैन । जसको कारण आज होटल व्यवसायीहरू मारका पररेका छन् । पर्यटकलाई लक्षित गरेर सञ्चालन गरेको होटल, व्यवसाय आज बन्द हुने अवस्थामा छन् । व्यवसायीहरू धमाधम विदेशीन बाध्य छन् । व्यापारीहरूमा बैंकको लोन तिर्न सकेको अवस्था छैन । यसकारण पर्यटन क्षेत्र समेत विच्चलीमा परेको देखिन्छ ।

त्यस्तै शिक्षाको अवस्था त्यतिकै दुख लाग्दो छ , गाउँघरका होस् वा सहरका विद्यालयमा शिक्षक पाउन गाह्रो भयो, पढेलेखेका मान्छेको लगानी उठ्ने समेत देश बन्न सकेको छैन हाम्रो देश, आज आम युवाले आफ्नो जिन्दगी गुर्जानका निमित्त समेत बिदेसिनु परेको अवस्था छ । विद्यालयले विद्यार्थी पाउन गाह्रो भएको छ । कतिपय शैक्षिक संस्थान नै विद्यार्थीको अभावको कारण बन्द भएको अवस्था छ ।

त्यसका साथै, बैंक तथा वित्तीय संस्था र सहकारीलाई हेरौँ त्यहाँ पनि निराशाको पहाड अग्लो बनेर ठडिएको छ । आज आफ्नो गाँसबासबाट जोगाएर २ पैसा सुरक्षित गरेको सहकारीको रकम डुबेर लगानीकर्ता सडकमा आउन बाध्य छन् । अर्बौँ रकम सहकारी क्षेत्रमा ध्वस्त भएको छ । त्यस्तै बैंकमा तरलता थपिएको थपिएकै छ । कर्जा प्रभाव हुन सकेको अवस्था छैन । बैंकहरु धमाधम समस्याग्रस्त बन्न थालेको छ यी सबै सबै कुरालाई मानक मानेर हेर्ने हो भने हाम्रो अर्थतन्त्र संकटमा छ , शिथिल अवस्थामा छ र चिन्ताजनक अवस्थाको सामना गरिरहेको छ । यस्तो विषम परिस्थितिमा हाम्रो उन्नत प्रगति हुन सक्दैन यसका लागि सरकार गम्भीर बन्न आवश्यक छ , दीर्घकालीन नीति निर्माणमा जोड दिनुपर्छ भन्ने मलाइ लाग्छ ।

समग्रमा २०२४ लाई निराशाको वर्षको रूपमा परिभाषित गर्ने प्रशस्त कारण छन् । यदि सन २०२५ लाई आशाको वर्षको रूपमा परिणत गर्ने हो भने सरकारले इमर्जेन्सी पोलेसी तयार गर्नुपर्छ, पुँजीगत खर्च बढाउनुपर्छ, बन्द भएका उद्योगधन्दा सञ्चालनमा ल्याउनुपर्छ , आम मान्छेलाई देशभित्रै उद्यमी बनाउन प्रोत्साहन गर्ने, हामीसँग भएको श्रोत साधनलाई भरपुर उपयोग गर्ने र देशभित्रै बस्ने वातावरण निर्माण गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ, अबको पुस्ताले स्वदेशमै भविष्य देख्ने वातावरण निर्माण गर्नुपर्छ भन्ने मेरो धारणा हो ।

यो समाचार शेयर गर्नुहोस्
813SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?