National life

अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ कात्तिक २०८१, आइतबार
505Shares
अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने
ncell

काठमाडौँ,अर्थ मन्त्रालय अब व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने भएको छ ।

अर्थ मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पुँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सहज बनाउन केन्द्रित हुने बताएका छन् ।

अर्थमन्त्री पौडेलले राजस्व संकलन र पुँजीगत खर्चका लागि अझ बढी सामर्थ्य लगाउन निर्देशन दिएका छन् । राजस्व सचिव दिनेशकुमार घिमिरेले मुलुकमा थप व्यावसायिक र औद्योगिक वातावरण बने राजस्वमा समेत सकारात्मक प्रभाव पर्ने भनाई राखेका छन् ।

बैठकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले बाढी पहिरोबाट पुगेको क्षतिको पुनर्निर्माणका लागि स्रोत व्यवस्थापनमा समस्या नभएको जानकारी गराएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
505SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?