काठमाडौँ। बैंकको ब्याजदर घट्दा र सेयर बजार उकालो लाग्ने आम लगानीकर्ता र विश्लेषकहरूको धारणा छ । केही वर्ष अगाडि जति बेला बैंक तथा वित्तीय संस्थाको ब्याजदर उच्च थियो त्यससमय शेयर बजारको उचाइ पनि लम्बिएको थियो। तर, अहिले बैंकको ब्याजदर घटेर एकल अंकमा हुदाँपनि न्यून बिन्दुमा ओर्लिएको छ।
नेपाल राष्ट्र बैंक सेयर धितो कर्जामा जोखिम भार १२५ प्रतिशतबाट घटाएर १ प्रतिशतमा झारेको छ ।
त्यसमा साथै, पछिल्लो समय सेयर बजारसँग सम्बन्धित नियामकीय व्यवस्थादेखि अन्य वातावरण सहज बन्दै गएको भए पनि पुँजी बजारमा सुधारको संकेत देखिएको छैन । नियामक निकायले पूर्ण रूपमा नीतिगत सहजीकरण नगरेको भए पनि बजारका बाधकका रूपमा रहेको धेरैजसो अवरोधमा सहजता आएको छ । तथापि बजारमा सुधार आउन सकेको छैन । यस्तो किन भइरहेको छ । बजार निरन्तर घट्नुको कारण के के हुन सक्छन् भन्ने सन्दर्भमा शेयर लगानीकर्ता महादेव भारतीको धारणा यस्तो छ ।
असार मसान्त आउन लाग्दा घट्ने ट्रेन्ड देखिन्छ । बैंकको किस्ता तिर्नुपर्ने, ऋण तिर्नुपर्ने भन्ने कुरा हुन्छ । असार मसान्तमा फाइनल गरौँला भन्ने कन्सेप्ट हुन्छ । शेयर बेच्न खोज्छन् । बजारले यो समयमा उल्टो गति लिएको देखिन्छ । यो प्रक्रिया अहिलेको होइन यो परम्परा जस्तै भएको छ । यसर्थ एउटा आधार यसैलाई पनि मान्न सकिएला ।
अर्को भनेको यसअघि कहिले आन्दोलन, कहिले गभर्नर नियुक्तिले गर्दा बजार घट्यो यसको प्रभाव लगानीकर्ताको मनोविज्ञानमा अझै कायमै देखिन्छ । अहिले त्यस्तो केही पनि छैन । सबै ठिकै देखिन्छ । तर मनोवैज्ञानिक त्रास कायमै छ भन्ने लाग्छ । बजेट क्यापिटल गेन ट्याक्स बढ्छ भनेर पनि अफवाह फैलियो । तर बजेट सकारात्मक आयो ।
ठूला लगानीकर्ताहरूले १८०० बाट माथि आए पनि ३००० नाघ्न सकेको छैन । कित्ता नपुगेर घटाउन खोजेको हो कि जस्तो पनि देखिन्छ । बैंकर र व्यवसायलाई छुट्टाउने बाफिया विधेयक पनि ल्याइएको छ । बैंकमा रकम दुरुपयोग हुने सम्भावना बढी हुन्छ । गभर्नर र राजनीतिक दलहरूले दह्रो मुटु बनाउनुपर्छ भन्ने मेरो आफ्नो पनि सुझाव छ।
बैंकरहरू बेच्ने प्रोमोटर शेयर हो । १०० रुपैयाँभन्दा कम प्रति कित्ताका दरमा प्रोमोटर शेयर पाइराखेको छ । उनीहरूले पब्लिक शेयर बेच्ने होइन । प्रोमोटर शेयर बेच्दा सेन्सेटिभ इन्डेक्समा के नै फरक पर्छ र ? लाखभन्दा बढी कित्ता एकै पटक १०० रुपैयाँ भन्दा कममा यता र उता म्याचिङ भइराखेको छ । त्यो बेच्न पर्यो भनेर कहिले कति कित्ता कहिले कति कित्ता गरेर त्यसको रेट त घटाउने होइन पक्कै पनि । सस्तैमा कित्ता उठाउन खोजेको हो जस्तो देखिन्छ ।
मूल्य बढाएर किन्दा भोलि आफूलाई कम प्रोफिट होला भनेर हल्ला फिँजाएर मार्केटलाई सकेसम्म घटाउने चालबाजी हो भनेको जस्तो लाग्छ । बजार घट्नुपर्ने परिस्थिति होइन । वैशाख जेठमा त बढ्नुपर्ने हो । लगानीकर्तामा पनि सरकार अस्थिर छ भन्ने मनोवैज्ञानिक त्रास परेको हो कि भन्ने जस्तो देखिन्छ । अविश्वास पैदा भएको जस्तो लाग्छ । सरकार ढल्दैन भनेर प्रधानमन्त्रीले पटक पटक भाषण गरिरहँदा त्यसले नकारात्मक प्रभाव परेको जस्तो लाग्छ ।
साथै, धेरै ट्रेडरले शेयर उधारोमा किन्ने हुन् । क्लाइन्टलाई उधारोमा दिएको शेयर त सेटल्मेन्ट गर्नेपर्छ । सधैं उधारो भन्ने त हुँदैन । जसरी भए पनि बेच्न त परिहाल्यो । हिसाब सेटल गर्न जसरी पनि बेच्न त परिहाल्यो । कममा बेच्दा शेयर मार्केट घटेको हो जस्तो लाग्छ । सेयर बजारमा पछिल्लो समय ट्रेडर हाबी भएका कारण बजार उकालो लाग्न नसकेको एउटा कारण मान्न सकिन्छ ।


































