National life

असोज चार गते देशभर चक्काजाम गर्ने दुर्गा प्रसाईँको चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ असोज २०८१, बिहिबार
440Shares
असोज चार गते देशभर चक्काजाम गर्ने दुर्गा प्रसाईँको चेतावनी
ncell

काठमाडौँ। दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ महाअभियानले यही असोज चार गते देशभर चक्काजाम गर्ने चेतावनी दिएको छ।

प्रसाईँलाई विद्युतीय कारोबार अन्तर्गत पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले बुधवार अनुमति दिएसँगै त्यसको विरोधमा महाअभियानले विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जी तत्काल फिर्ता नलिए बिहीबार राँके जुलुस र विरोध प्रदर्शन गर्ने चेतावनी दिएको छ ।

महाअभियानले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिकको जीवन रक्षार्थ शान्तिपूर्ण रूपमा चालिएको आन्दोलनलाई दमन गर्दै गणतन्त्रको उपहास हुने गरी नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको हननमा सरकार लागेको आरोप लगाएको छ।

साथै महाअभियानले प्रसाईँका साथै सञ्चारकर्मी प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेमाथि कपोकल्पित र झुटा मुद्दा लगाएर पक्राउ पुर्जी जारी गरी राज्यले दमन कार्यनीति अपनाएको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘सो नीति सरकारले तत्काल फिर्ता नलिए आज मिति २०८१ साल असोज ३ गते देशै भर विरोध सभा राँके जुलुस, विरोध प्रदर्शन र भोलि मिति २०८१ असोज ४ गते बाट देशैभर चक्काजाम, विरोध सभा, धर्ना लगायतका कार्यक्रम अघि बढाउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
440SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?