National life

ऊर्जाको अध्ययन , प्रसारण क्षेत्रको सहभागिता बृद्धि गर्न रास्वपालाई इप्पानको बुदागत सुझाव

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ मंसिर २०८०, बुधबार
680Shares
ऊर्जाको अध्ययन , प्रसारण क्षेत्रको सहभागिता बृद्धि गर्न रास्वपालाई इप्पानको बुदागत सुझाव
ncell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले निर्माण गर्न लागेको ऊर्जा नीतिमा स्वतन्त्र ऊर्जा उत्पादकहरुले ऊर्जाको अध्ययन, उत्पादन, प्रसारण, व्यापार र वितरणमा निजी क्षेत्रको सहभागिता थप अभिवृद्धि गर्ने नीति लिन सुझाव दिएका छन्।

मंगलवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)मा आयोजित रास्वपा–इप्पान अन्तरक्रियामा इप्पानले ऊर्जा नीतिमा समेट्नुपर्ने विषय वारे सुझाव दिएको हो ।

इप्पानले दिएका सुझावहरुमा ऊर्जाको ऊर्जाको स्रोत, उपयोग, भण्डारण र व्यापारमा विविधीकरण गर्नेस ऊर्जालाई निर्यात योग्य बस्तुको रुपमा विकास गरि हरित ऊर्जा उत्पादन वापत प्राप्तहुने कार्वन फण्डको लागि अन्तरराष्ट्रिय समुदायसँग पहल गर्नेस निजी क्षेत्रको प्रवर्द्धनका लागि लगानी मैत्री, स्पष्ट, सरल, छोटो र पारदर्शी प्रक्रिया अवलम्बन गर्ने र स्वदेशी निजी क्षेत्रलाई प्राथमिकता दिई संरक्षण गर्दै विदेशी लगानीलाई आकर्षण गर्ने लगायतका सुझावहरु छन् ।

नीति

ऊर्जाको स्रोत, उपयोग, भण्डारण र व्यापारमा विविधीकरण गरि उर्जाको उपलब्धतालाई विश्वासनीय बनाउने ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 ऊर्जाको माध्यमबाट रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन, ग्रामीण पूर्वाधार र पर्यावरण मैत्री विकास गर्दै ऊर्जालाई नेपालको आर्थिक समृद्धिको प्रमुख संवाहक बनाउने।
नेपालको उर्जालाई हरित ऊर्जाको रुपमा ब्राडिङ्ग गरि हरित उर्जा उपयोग गर्ने उद्योगहरुको अन्तराष्ट्रीय गन्तव्यको रुपमा विकासगर्ने ।
 ऊर्जालाई निर्यात योग्य बस्तुको रुपमा विकास गरि हरित उर्जा उत्पादन वापत प्राप्तहुने कार्वन फण्डको लागि अन्तराष्ट्रिय समुदाय सँग पहल गर्ने ।
अध्ययन, उत्पादन, प्रसारण, व्यापार र वितरणमा निजी क्षेत्रको सहभागिता थप अभिवृद्धि गर्ने ।
निजी क्षेत्रको प्रवद्र्धनका लागि लगानी मैत्री, स्पष्ट, सरल, छोटो र पारदर्शी प्रक्रिया अवलम्बन गर्ने
 स्वदेशी निजी क्षेत्रलाई प्राथमिकता दिई संरक्षण गर्ने र विदेशी लगानीलाई आकर्षण
गर्ने ।

कार्यनीति

उर्जाको स्रोतको समुचित उपयोग मार्फत राष्ट्रले अधिकतम लाभ लिनेगरी (हाइड्रोजन, स्टोरेजरपम्पस्टोरेज, जलासयरअर्धजलासययुक्त र नदी प्रवाही, सौर्य, बायोमास र वायु उर्जा) आयोजनाहरु कार्यान्वयन गर्ने ।
हरित उर्जालाई जैविक र तापीय ऊर्जाको विकल्पको रुपमा विकास गरी वातावरण संरक्षणमा योगदान पुर्‍याउने ।
उर्जा उत्पादन क्षमताको प्रचुरतालाई समेत दृष्टिगत गरी विद्युतलाई खानेपानी, सिंचाई, घरेलु उद्योग, ग्रामीण पर्यटन, रोपवे, केवलकार, विद्युतीय यातायात र सुचनाप्रविधी उद्योग आदिमा सहज र सर्वसुलभ उपलब्ध गराउने ।
उर्जा विकास एवं प्रवृद्धर्नमा लगानी मैत्री, स्पष्ट, सरल, छोटो एवं पारदर्शी प्रक्रियाहरु अवलम्वन गरी स्वदेशी लगानी संरक्षणगर्न सबै खालाका स्टोरेजरपम्पस्टोरेज, जलासययुक्त र अर्धजलासय युक्त, नदी प्रवाही ५०० मे.वा. भन्दाठुला जलविद्युत् आयोजनामा विदेशी लगानी स्विकृती दिने ।
जलस्रोतको उपयोगबाट अधिकतम लाभ लिन नदीहरुको जलाधार लाई नै आधारमानी सम्पुणर् पूर्वाधार विकास र विस्तारलाई समन्वयात्मक व्यवस्था गर्ने र ठूला जलाशययुक्त आयोजनाबाट सृजनाहुने तल्लो तटीय लाभबाट राष्ट्रलाई अधिकतम फाइदा प्राप्तहुने गरी विकास गर्ने ।
उर्जा क्षेत्रमा स्वदेशी लगानी वृद्धी गर्न पूँजी बजारलाई परिचालनमा विशेष जोड

यो समाचार शेयर गर्नुहोस्
680SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?