National life

करको दर निर्धारण औचित्यपूर्ण ढंगबाट गरिन्छ: अर्थमन्त्री वर्षमान पुन 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ वैशाख २०८१, मङ्गलबार
364Shares
करको दर निर्धारण औचित्यपूर्ण ढंगबाट गरिन्छ: अर्थमन्त्री वर्षमान पुन 
ncell

काठमाडौं । अर्थमन्त्री वर्षामान पुनले आगामी दिनमा करका दर निर्धारण औचित्यपूर्ण हुने जनाएका छन् ।

सोमबार साझ आयोजित आर्थिक बहस कार्यक्रममा मन्त्री पुनले सरकारले राजस्व परामर्श समितिको सिफारिस र सरोकारवाको सुझावका आधारमा पारदर्शी रूपमा करको दायरा हेरफेर गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले विदेश जानेको सङ्ख्या घटेको र गएकालाई फर्काउन प्रयास भइरहेको बताए । विदेश गएकाबाट ज्ञान, सीप र पुँजी हस्तान्तरणको प्रक्रिया जारी रहेको बताउँदै उनले सूचना प्रविधिका क्षेत्रमा यस्को राम्रो उदाहरण देखिएको उल्लेख गरे।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले आगामी बजेटमा जनतामा आशा जगाउने र युवालाई प्रोत्साहन हुने कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । बहसमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजाल, गभर्नर महाप्रसाद अधिकारी, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाललगायतको सहभागीता थियो ।

यो समाचार शेयर गर्नुहोस्
364SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?