National life

कांग्रेसको प्रश्न 'नक्कली अस्पताल,नक्कली डाक्टर र नक्कली औषधी' बिरामीको अवस्था के हुन्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ फागुन २०८१, मङ्गलबार
592Shares
कांग्रेसको प्रश्न 'नक्कली अस्पताल,नक्कली डाक्टर र नक्कली औषधी' बिरामीको अवस्था के हुन्छ ?
ncell

काठमाडौँ । कांग्रेसका सांसद रामहरी खतिवडाले मधेसमा प्रदेशमा नक्कली अस्पताल फेला परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै राज्य व्यवस्था समितिका सभापतिसमेत रहेका खतिवडाले नक्कली अस्पताल, नक्कली डाक्टर र नक्कली औषधी हुँदा सक्कली बिरामीको अवस्था के हुन्छ भन्दै प्रश्न गरेका छन् ।

उनले भने,‘मधेसमा प्रदेशमा ९६ वटा अस्पतालको निरीक्षण गर्दाखेरि ८१ वटा हस्पिटल नक्कली फेला परेछन्। नक्कली अस्पताल, नक्कली डाक्टर, नक्कली औषधी र सक्कली बिरामी हुँदा बिरामीको अवस्था के हुन्छ ? सरकारले देश भरी त्यतातिर ध्यान होस्।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

खतिवडाले अस्पतालमा बीमाको रकम नपुग्दा बिरामीले उपचार पाउन समस्या भएको समेत बताएका छन्। उनले बोल्ने तर काम नगर्नाले जनतामा निराशा छाएको उल्लेख भन्दै यी विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गर्न आग्रह गरेका  छन्।

यो समाचार शेयर गर्नुहोस्
592SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?