National life

कानुनकै धज्जी उडाउँदै एमाले : बालेनको स्टन्टबाजी भन्दै जरिवाना पत्र अस्वीकार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ मंसिर २०८१, आइतबार
726Shares
कानुनकै धज्जी उडाउँदै एमाले : बालेनको स्टन्टबाजी भन्दै जरिवाना पत्र अस्वीकार
ncell

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले काठमाडौँ महानगरपालिकाले पठाएको जरिवानासहितको पत्र बुझ्न अस्वीकार गरेको छ।

जागरण सभामा फोहोर गरेको भन्दै महानगरले आइतबार जरिवाना पत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो।

शुक्रवार दरबारमार्गमा भएको जागरण सभाको आयोजक नेकपा एमाले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटी भएकाले आयोजकहरूलाई नै पत्र बुझाउन एमालेले महानगरको टोलीलाई आग्रह गरेको हो ।

साथै, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्टन्टबाजी गरेको भन्दै सामान्य प्रशासनिक कुराहरू बुझेर मात्रै काम अघि बढाउन केन्द्रीय कार्यालयले महानगर टोलीलाई आग्रह गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

महानगरले फोहर मैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम १ लाख जरिवाना तोकिएको बताएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
726SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?