काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु टिस्टेटको जग्गामा काँग्रेसले कमिसन खाएर बेचेको आरोप प्रमाणित गर्न नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनौती दिएका छन् ।
आज काठमाडौँमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्य योजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै शर्माले यस्तो बताएका हुन् ।
उनले ०५२ सालमा एमालेकै सरकार रहेको, २०६० सालको सरकार सूर्यबहादुर थापाको सरकार रहेको तर काँग्रेसले भूमि सुधार मन्त्रालयको जिम्मा नलिएको र ०७८ सालमा केपी शर्मा ओलीकै सरकार रहेको स्मरण गर्दै गिरिबन्धु प्रकरणमा काँग्रेसले यदि कुनै जग्गा कमिसन खाएर बेचेको एक टुक्रा माटो भए गिरिबन्धुको फाइल खोल्न र छानबिन समिति बनाउन चेतावनी दिएका छन् ।
शर्माले एमाले अध्यक्ष ओलीले आवेगमा आएर प्रश्न उठाएको भए पनि काँग्रेस आवेगले उठाएको प्रश्नलाई विवेकले जवाफ दिन पछि नपर्ने बताए ।


































