National life

गृहमन्त्रीको बचाउमा प्रधानमन्त्री ओली 'विरोध यसरी भयो मानौँ ३५ किलो सुन नै ओसारिएको छ'

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ जेठ २०८२, शनिबार
508Shares
गृहमन्त्रीको बचाउमा प्रधानमन्त्री ओली 'विरोध यसरी भयो मानौँ ३५ किलो सुन नै ओसारिएको छ'
ncell

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीमाथि प्रश्न उठेकै भरमा मन्त्रीको राजीनामा माग्नु अनुचित हुने प्रतिक्रिया दिएका छन्।

शनिवार आयोजित ‘हाफ म्याराथन’आरम्भपछि छलफलका क्रममा प्रधानमन्त्री ओलीले गृहमन्त्री  रमेश लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग राखेर सदन अवरोध गर्न नहुने तर्क गरे।

‘बोल्ने र माग राख्न पाउने प्रतिपक्षको अधिकारको म सम्मान गर्छु तर माग राख्दा वा विरोध गर्दा आधार चाहिँ चाहिन्छ’,उनले भने। प्रतिपक्षलाई त यो सरकार नै मन नपरेका कारण उसने निराधार माग तेर्स्याएर संसदमा अवरोध गरेको उनले बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पूर्व गृहमन्त्री रवि लामिछानेको सन्दर्भ र लेखकको सन्दर्भ नै फरक भएको उनले बताए। ‘पोहोर तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उहाँमाथि गृह मातहतको सीआइबीले छानबिन गरिरहेको थियो। अहिले त्यस्तो अवस्था होइन’, ओलीले भने, ‘त्यसकारण अहिले विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको मात्रै हो। यसरी विरोध गरिएको छ कि मानौँ ३५ किलो सुन नै ओसारिएको छ, त्यस्तो अवस्था होइन।’

उनले बच्चाहरूले झोला वा खेलौना हात्ती किनिदे ऊभन्दा किनिदिन सकिने भए पनि सक्कली हात्तीलाई झोलामा हालिदे ऊभन्दा हाल्न नसकिए जस्तै विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामाको माग पूरा हुन सम्भव नहुने धारणा राखेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
508SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?