National life

घिसिङसँग दिकदार छन् मन्त्री खड्का: आजै हटाउने तयारीमा सरकार, के भन्छन् कुलमान ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ फागुन २०८१, सोमबार
928Shares
घिसिङसँग दिकदार छन् मन्त्री खड्का: आजै हटाउने तयारीमा सरकार, के भन्छन् कुलमान ?
ncell

काठमाडौँ– सरकारले आजै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने तयारी गरेको विषय चर्चामा रहेको छ ।

यद्यपि यो विषय नयाँ भने होइन , यस अगाडि पनि पटक पटक घिसिङलाई हटाउने प्रयास भइरहेको तथ्य र समाचार बाहिरिएका हुन् । एमाले र कांग्रेसको सरकार बनेदेखि नै घिसिङलाई हटाउने तयारी गरेको सरकारले विरोधकाबिचमा हटाउन सकेको थिएन।

आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको नियमित बैठक बोलाएको छ । अघिल्लो हप्ता संसद्‌मै उर्जामन्त्री खड्काले कुलमानले सरकारलाई नटेरेको भन्दै हटाउन सकिनेसम्मको अभिव्यक्ति दिएका कारण पनि आजको बैंकले के निर्णय गर्ने हो भन्ने चासोको विषय बनेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, उर्जामन्त्रीसँगको चिसो सम्बन्धका कारण मन्त्री दीपक खड्काले  घिसिङलाई हटाउन प्रस्ताव मन्त्रिपरिषदमा लगिसकेको सूचना बाहिरिएको छ । सोही सूचना बाहिरिएसँगै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारको विरोध गर्दै घिसिङलाई हटाए आन्दोलन गर्ने चेतावनी दिएको थियो ।

मन्त्री खड्काले मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै  कार्यकारी निर्देशक घिसिङले सरकारको निर्देशनलाई बेवास्ता गर्दै सञ्चालक समितिका निर्णयहरू कार्यान्वयन नगरेको आरोप लगाएका थिए। मन्त्री खड्काले कार्यकारी निर्देशक घिसिङलाई पुरस्कृत गर्न विश्लेषण आवश्यक भए पनि उनलाई देवता जस्तो पूजा नगर्नुपर्ने विचार व्यक्त गरेका थिए।

यता विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने आफूलाई हटाउने विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् । साथै हट्नुपरेको खण्डमा समेत कुनै गुनासो र दुखेसो नरहेको बताएका छन् ।

आर्थिक भ्वाइससँग कुराकानी गर्दै कार्यकारी निर्देशक घिसिङले भने 'मलाई नै हटाउने विषयमा मलाइ नै जानकारी त कहाँ दिने भए र ! तैपनि म निस्कनुपर्ने अवस्था आए पनि मलाई कुनै गुनासो छैन, मैले कर्तव्य भुलेन, आफ्नो कामका इमान्दारीता कायम गरे , काममा छलछाम र ठगी गरिन यसकारण निस्किनु नै परेछ भने पनि मलाई दुख भने लाग्ने छैन ।"

घिसिङले देश १८ घण्टासम्म लोडसेडिङमा रहेका वेला डेडिकेटेड फिडर र ट्रंकलाइनबापत निरन्तर विद्युत् उपभोग गरेका उद्योगीसँग प्रिमियम महसुल बक्यौता उठाउन खोज्दा प्रधानमन्त्री केपी ओली शर्मा र ऊर्जामन्त्री खड्काको सुरुदेखि नै हस्तक्षेप खेप्दै आएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
928SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?