National life

घिसिङ देवता होइनन् चुप बस्नलाई, सरकारले लगाम लाउनैपर्छः मन्त्री खड्का

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ फागुन २०८१, मङ्गलबार
811Shares
घिसिङ देवता होइनन् चुप बस्नलाई, सरकारले लगाम लाउनैपर्छः मन्त्री खड्का
ncell

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अराजकता देखाएको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री खड्काले घिसिङको कार्यशैलीमाथि प्रश्न उठाउँदै आफूखुसी ढङ्गले अगाडि बढेर देवता बन्न खोजेको आरोप लगाएका छन्।

खड्काले घिसिङको अराजक गतिविधिलाई सरकारका माथिल्लो तहका नेताले विषय उठाउनुपर्ने भन्दै अब सरकारले हेरेर नबस्ने र लगाम लगाउने उल्लेख गरेका छन् ।

राम्रो कामलाई पुरस्कार गरिदिउँला तर एउटा कर्मचारीको पक्षमा एक भएर बोल्नुपर्ने कुनै कारण छैन, उहाँ कुनै देवता नै हो र खड्काले प्रतिनिधिसभामा प्रश्न गरेका छन् ।  

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मन्त्री खड्काले पटक पटक बोर्ड बैठक बोलाउँदा उपस्थित नभएपछि सदस्य परिवर्तन गर्नुपरेको धारणा राखेका छन् ।

उनले कुलमानका कारण लोडसेडिङ हटेको भन्दै भ्रम फैलाइएको उल्लेख गर्दै तत्कालीन अवस्थामा ४२५ मेगावाट विद्युत् भारतबाट ल्याउँदा लोडसेडिङ हटेको स्पष्ट पारे । उनले दोधारा लम्की, बरेली, ढल्केबरलगायत ८ वटा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने गरी भारत सरकारसँग सम्झौता भई काम अघि बढेको बताए ।

यो समाचार शेयर गर्नुहोस्
811SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?