National life

‘जेनजी आन्दोलन’ले निजी क्षेत्रमाथि प्रहार गरेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको आरोप

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|३१ असोज २०८२, शुक्रबार
1.2kShares
‘जेनजी आन्दोलन’ले निजी क्षेत्रमाथि प्रहार गरेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको आरोप
ncell

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले ‘जेनजी आन्दोलन’को क्रममा निजी क्षेत्रमाथि व्यक्तिगत प्रहार भएको बताएका छन्।

शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ४६औँ वार्षिक साधारण सभा तथा उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले भने, “कुनै व्यवसाय वा घर छानीछानी आगजनी र क्षति पुर्‍याउने कार्यहरू निजी क्षेत्रमाथि व्यक्तिगत रूपमा लक्षित गरिएको छ।”

श्रेष्ठले निजी क्षेत्रप्रति किन प्रहार हुन्छ भन्ने विषयमा गहिरो सोच्नुपर्ने बताएका छन्। उनले निजी क्षेत्रको पनि कतै कमजोरी छ कि भनी आत्ममूल्याङ्कन गरी सुधार गर्ने आवश्यक औँल्याएका छन्।

उक्त कार्यक्रममा उनले जेनजी आन्दोलनमा सक्रिय युवाहरूको योगदानको प्रशंसा समेत गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनका अनुसार, यो आन्दोलन बेश्वस्था, विसङ्गति र भ्रष्टाचारविरुद्धको आम जनताको आक्रोशलाई उजागर गर्ने माध्यम बनेको छ। श्रेष्ठले ती युवाहरूलाई सकारात्मक परिवर्तनका संवाहकका रूपमा सम्मान गर्नुपर्ने उल्लेख गरे।

श्रेष्ठले आगामी फागुनमा हुने निर्वाचनलाई सहज र सुरक्षित वातावरणमा सम्पन्न गर्न निजी क्षेत्रले पनि सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?