National life

जेन्जी आन्दोलन र स्थानीय तहले सिक्नुपर्ने पाठ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ भदौ २०८२, शुक्रबार
1.4kShares
जेन्जी आन्दोलन र स्थानीय तहले सिक्नुपर्ने पाठ
ncell

काठमाडौं । यतिबेला देश राजनीतिक सङ्कटमा गुज्रिएको छ । जेनजी पुस्ताले सुरु गरेको आन्दोलन अहिले नेपालको राजनीतिक र सामाजिक संरचनामा गहिरो प्रभाव पारिरहेको छ। यो आन्दोलन केवल असन्तुष्ट युवाको सडक प्रदर्शन मात्रै होइन, बरु लामो समयदेखि राज्य संयन्त्रमा पलाएको बेथिति, भ्रष्टाचार, बेरोजगारी र अवसरको असमानताविरुद्धको स्पष्ट प्रतिक्रिया हो।

परम्परागत आन्दोलनहरू प्रायः दलगत नेतृत्व वा सङ्गठनको संरचनामा सीमित रहँदै आएका तथ्य हामी माझ प्रस्ट छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर जेन्जी पुस्ताले सशक्त नागरिक सहभागिता, सडक स्तरको सक्रियता, र डिजिटल /सञ्चार माध्यमको प्रयोग गरेर व्यापक जनमत सिर्जना गरेको यो ऐतिहासिक क्षण हो भन्नेमा सायदै दुई मत नहोला ।

जेनजीको आन्दोलनले स्पष्ट देखाएको छ जब शासन संरचना जनताको अपेक्षासँग मेल खान सक्दैन, तब असन्तोष सडकमा पोखिन अपरिहार्य हुन्छ। जेन्जी आन्दोलन समयको माग हो यसलाई दोहोराएर भनौँ कि देशभर फैलिएको बेरोजगारी, सार्वजनिक स्रोतको दुरुपयोग, र सत्ता संरचनामा चलिरहेको अनियमितता यी सबै कारकले युवापुस्तामा पैदा भएको चरम असन्तोषले जन्माएको आक्रोश हो। अर्थात् जेन्जी आन्दोलन यही असन्तोषको प्रतिफल हो।


जेनजी पुस्ताको आन्दोलनले देशभर राजनीतिक चेतना र असन्तोषलाई उजागर गरेको छ। यसले केवल केन्द्रीय सरकारलाई मात्र होइन, स्थानीय तहलाई पनि सशक्त सन्देश दिएको छ। यो आन्दोलन केवल विरोधको माध्यम मात्र नभई स्थानीय सरकार र प्रशासनले सिक्नुपर्ने महत्त्वपूर्ण पाठ पनि हो यसकारण जनताको असन्तुष्टि र अपेक्षालाई गम्भीरतापूर्वक बुझ्न आवश्यक छ। स्थानीय सरकारले योजना बनाउँदा र सेवा प्रवाह गर्दा समुदायको वास्तविक आवश्यकता र भावना बुझ्नु अपरिहार्य छ।


संविधानले स्थानीय सरकारलाई नागरिकसँग प्रत्यक्ष सम्पर्क गर्ने, जनताको आवश्यकता र अपेक्षामा उत्तरदायी बन्ने संरचना दिएको छ। तर विगतका अनुभवहरूले देखाए, धेरै स्थानीय तह योजना निर्माण र बजेट वितरणमा पारदर्शी हुन सकेनन्। सेवा प्रवाह मात्र कागजमा सीमित रह्यो, जनतासँग संवाद कमजोर रह्यो, र युवापुस्ताप्रति संवेदनशील नीतिहरू प्रभावकारी बन्न सकेनन्। परिणामस्वरूप, युवा असन्तोष सडकमा प्रकट भयो।


यो आन्दोलनले स्थानीय तहलाई सिकाएको मुख्य पाठ


पारदर्शिता र जवाफदेहिता स्थानीय तहले बजेट निर्माण गर्दा होस् वा निर्णय प्रक्रियामा नागरिकलाई सहज पहुँच सुनिश्चित गर्नु र युवा पुस्ताको उपस्थिति बढाउन अनिवार्य छ। युवा प्रतिनिधित्व र सुझावलाई नीति निर्माणमा समावेश गर्नु अत्यावश्यक छ । साथै युवा लक्षित कार्यक्रम केवल कागजमा नभई वास्तविक प्रभाव पार्ने खालको निर्माण हुन आवश्यक छ । युवाको मर्म र भावना विपरीत कार्यक्रम निर्माण गर्दा त्यसले अपेक्षित परिणाम नदिएर उल्टै अवरोध सिर्जना गर्ने भएकाले, योजना निर्माणमा पूर्वानुमान र सल्लाह आवश्यक छ।


युवामैत्री नीतिहरू स्थानीय तहले युवामैत्री नीतिहरू निर्माण गर्नु अब अनिवार्य हुन आएको छ। युवाहरू वर्तमानका सक्रिय शक्ति मात्रै नभएर भविष्यका आशा र उद्यमी र नागरिक समाजका निर्माता भएकै कारण नीति निर्माणमा उनीहरूको सक्रिय सहभागिता, सुझाव र भावना समावेश गर्नु स्थानीय शासनको मजबुती र दीर्घकालीन विकासका लागि अत्यावश्यक छ। जब नीति युवामैत्री हुन्छ, तब त्यसले युवाको वास्तविक आवश्यकता, आकांक्षा र समस्यालाई सम्बोधन गर्छ। युवाहरूले सूचना पहुँच, निर्णय प्रक्रियामा सहभागिता र निगरानी सुनिश्चित गर्न सक्रिय भूमिका खेल्छन्। यसले स्थानीय तहको पारदर्शिता र जबाफदेहिता बढाउँछ र भ्रष्टाचार, अनियमितता घटाउँछ।


सेवा प्रवाहमा गुणस्तर सेवा प्रवाहमा गुणस्तर – जबसम्म शिक्षा, स्वास्थ्य, सडक, खानेपानी जस्ता आधारभूत सेवामा सुधार हुँदैन तबसम्म जनविश्वास कायम हुन सक्दैन। स्थानीय तहमा जनतालाई उपलब्ध गराइने सेवाको गुणस्तर र प्रभावकारितामा सुधार गर्न जरुरी छ । यदि माथि उल्लेखित सेवाहरू प्रभावकारी, पहुँचयोग्य र गुणस्तरीय नहुने हो भने, जनता सरकारप्रति असन्तुष्ट हुन्छन् र विश्वास हराउँछ।


स्थानीय तहमा समावेशी निर्णय प्रक्रियाले सबैको सहभागिता सुनिश्चित गर्दछ । साथै, युवापुस्ता, महिला, दलित, अल्पसंख्यक समुदायलाई निर्णय प्रक्रियामा सहभागी गराउनाले लोकतन्त्रलाई थप स्थायित्व दिन टेवा पुर्‍याउँछ। यसको मूल उद्देश्य निर्णय प्रक्रियामा केवल केही प्रतिनिधि वा पदाधिकारी मात्र संलग्न नभई अन्य प्रभावशाली वर्गहरूलाई पनि समावेश गर्नु हो । समावेशी निर्णयले स्थानीय सरकारलाई लोकतान्त्रिक अभ्यास मजबुत बनाउन र नीति तथा योजनाको प्रभावकारिता बढाउन सहयोग पुर्‍याउँछ । विभिन्न समूहको अनुभव र आवश्यकता योजनामा समावेश हुँदा, नीति र कार्यक्रम वास्तविक जनतालाई लक्षित र उपयोगी हुन्छ।

समग्रमा, समावेशी निर्णय प्रक्रिया स्थानीय शासनको पारदर्शिता, जबाफदेहिता र दीर्घकालीन स्थायित्वको आधार हो। यदि निर्णय प्रक्रियामा सबै पक्षको आवाज सुनिँदैन भने, नीति र कार्यक्रमले अपेक्षित परिणाम दिन सक्दैन र असन्तोष जन्माउँछ।

अन्तमा जेन्जी पुस्ताको आन्दोलन केवल विरोधको माध्यम मात्रै होइन, यो समाज र शासन प्रणालीलाई सुधारको अपरिहार्य गर्न प्रेरित सन्देश हो। यसले नेपाली राजनीतिक परिप्रेक्ष्यमा जनताको प्रत्यक्ष सहभागिता र आवाजले मात्र शासन प्रणालीको पारदर्शिता र जबाफदेहिता सुनिश्चित गर्न सक्छ भन्ने सन्देश प्रवाह गरेको छ ।  यो आन्दोलनले नागरिक, विशेष गरी युवा, केबल मतदाता मात्रै होइनन्, परिवर्तनको सक्रिय शक्ति हुन् भन्ने स्पष्ट चित्र तयार गरिदिएको छ ।

यस आन्दोलनको सकारात्मक पक्ष के हो भने, स्थानीय तहलाई सुधारको अवसर पनि दिएको छ। यदि स्थानीय सरकारहरूले समयमै यी पाठ आत्मसात् गरे भने जनतासँग विश्वास पुनः स्थापित हुने छ र लोकतन्त्र अझ परिपक्व बन्न सक्छ। तर ढिला गरियो भने, असन्तोष अझ गहिरिँदै जान्छ, र भविष्यमा व्यापक सामाजिक–राजनीतिक चुनौती उत्पन्न हुन सक्छ।

त्यस्तै, जेनजी आन्दोलनले स्पष्ट पारेको छ जनताको आवाजलाई बेवास्ता गर्ने शासन अब टिक्दैन। स्थानीय तहले जबाफदेहिता, पारदर्शिता र युवाप्रति संवेदनशीलता देखाउन सके मात्र लोकतान्त्रिक अभ्यास बलियो बन्न सक्छ। अन्यथा असन्तोष सडकदेखि गाउँसम्म फैलन सक्छ र प्रणालीगत चुनौतीमा परिणत हुनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?