National life

डेडिकेटेड र ट्रंकलाइन सम्बन्धी सबै तथ्याङ्क उपलब्ध गराउन तयार छौंः घिसिङ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ पुस २०८०, बिहिबार
1.3kShares
डेडिकेटेड र ट्रंकलाइन सम्बन्धी सबै तथ्याङ्क उपलब्ध गराउन तयार छौंः घिसिङ
ncell

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडेकेटेड र ट्रंक लाइनको विषयमा सबै तथ्यांक उपलब्ध गराउन तयार भएको बताएको छ ।

डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत उपभोग गरेका ग्राहकहरको महसुल भुक्तानी विवादलगायतका विषयमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा घिसिङले आफूले कुनै तथ्यांक नलुकाएको सबै तथ्यांक सार्वजनिक गर्न तयार रहेको बताए।

‘केही सञ्चार माध्यममा प्राधिकरणले तथ्यांक दिन सकेन भन्ने किसिमका विषय आएका छन्,’ घिसिङले भने, ‘आजका दिनबाट हामीहरु सबै प्रकारका तथ्यांक दिने मेरो प्रतिवद्धता छ ।’ लोडसेडिङको समयमा ठूला औद्योगिक ग्राहकले असमानरुपले विद्युत प्रयोग गर्दा लोडसेडिङको तालिका बढ्दै गएको गुनासो आएको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘रोजगारी बढाउने नाममा, विभिन्न उद्योग चलाउने नाममा विद्युतको असमान वितरण भएको थियो । केही हाम्रा कर्मचारी पनि दोषी होलान’, घिसिङले भने, ‘विद्युतको असमान वितरणले लोडसेडिङ बढाएको थियो । हामीले विद्युतको असमान वितरणलाई अन्त्य गरेका थियौं । जसले गर्दा मात्रै लोडसेडिङ हटाउन सकिएको थियो ।’

१० मेगावाटको उद्योगले विजुली खपत गर्दा ५ जिल्ला अन्धमारमा बस्नु पर्ने अवस्था आएको घिसिङले बताए । ‘विद्युतको असमान वितरणले लोड व्यवस्थापन हुन सकेन । विभिन्न उद्योगी व्यवसायीले उजुरी दिए । आम जनताले पनि आफूहरुलाई अन्धकारमा राखेर उद्योगलाई विजुलीलाई गुनासो गरे,’ घिसिङले भने, ‘त्यसपछि उर्जा मन्त्रालयले विद्युतको असमान वितरण हटाउने विषयमा अध्ययन गर्न समित गठन गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?