काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालबारे दिएका अभिव्यक्तिले देशमा गहिरो प्रश्न भन्दै सरकारले छानबिन गर्नुपर्ने धारणा राखेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै सांसद भण्डारीले देशभन्दा ठुलो कोही नहुने र हुन नसक्ने भएको कारण राष्ट्रिय ठगहरुलाई छुट दिन नहुने धारणा व्यक्त गरेका हुन् ।
राष्ट्रपति ट्रम्पले अमेरिकाले नेपाललाई दिएको सहयोगलाई ‘फ्रड’ भन्दै टिप्पणी गरेका थिए।
ट्रम्पले पत्रकार सम्मेलनमा नेपालको संघीयताको सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर रोकिएको जानकारी दिदै यो 'फ्रड' भएको बताएका थिए ।
भण्डारीले सोही विषयमा विषयमा टिप्पणी गर्दै लेखेका छन् 'अमेरीका का राष्ट्रपति ट्रम्पको अभिव्यक्तिले धेरै प्रश्न उठेका छन १११ देश, समाज र संस्कृतिलाई कमजोर बनाउन लाग्ने राष्ट्रिय ठगहरुलाई छुट दिनु हुँदैन ! के भएको थियो ? के हुँदैछ? सरकारले छानबिन गर्नु पर्दछ ! देश भन्दा ठुलो कोहि होईन र हुन पनि सक्दैन !!!


































