National life

तार अन्डरग्राउन्ड गर्ने ठुलो योजनामा अनुमति नपाउँदा काम ठप्प भएको घिसिङको गुनासो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ मंसिर २०८०, शुक्रबार
624Shares
तार अन्डरग्राउन्ड गर्ने ठुलो योजनामा अनुमति नपाउँदा काम ठप्प भएको घिसिङको गुनासो
ncell

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा हुने गरेका बेथिती र कार्यशैली माथि दुखेसो पोखेका छन् ।

ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नकारात्मक कुरा गर्ने धेरै र  सकारात्मक कुरा र काम गर्ने व्यक्ति कम हुँदै गएको बताएका छन् ।

उनले एउटा रुख काट्न नसकेर एक वर्षसम्म राष्ट्रिय महत्वको अपर अरुण १ हजार ६१ मेगावाटको योजना अलपत्र परिरहेको बताएका छन् । एक वर्षसम्म अनुमति नदिई काम गर्न नदिने प्रवृत्तिबाट देश बन्न नसक्ने उनको भनाई छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निर्देशक घिसिङले काठमाडौँ उपत्यकामा तार भूमिगत गर्ने कुरामा सडक विभागले अनुमति नदिँदा सबै काम ठप्प भएको दुखेसो पोखेका छन् । उनले अन्डरग्राउन्ड गर्ने ठुलो योजना सडक विभागले सात महिना भइसक्दासमेत अनुमति नदिएपछि काम गर्न नसकेको गुनासो गरेका हुन ।

सडक विभागले तार भूमिगत गर्न नदिँदा ठुला कन्ट्याक्टरहरु काम छोडेर भाग्ने अवस्थामा पुगेको घिसिङको भनाई छ । उनले मेरो क्षेत्राधिकार भित्र दिन्न भन्ने मानसिकताबाट देश विकास हुन कठिन रहेको बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
624SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?