National life

थाइल्याण्डका उद्योगी व्यवसायीलाई नेपालमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ चैत २०८१, बिहिबार
565Shares
थाइल्याण्डका उद्योगी व्यवसायीलाई नेपालमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह
ncell

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डका उद्योगी व्यवसायीहरूसँग छलफल गरेका छन्। बिहीबार बिहान प्रधानमन्त्री ओलीले नेपालमा लगानीको लागि आह्वान गर्दै व्यवसायीहरूसँग छलफल गरेका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले नेपाल/थाइल्याण्डबीच दौत्य सम्बन्ध कायम भएको लामो समय भइसकेको र दुई देशबिचको सम्बन्ध सौहार्दपूर्ण रहेको धारणा राखेका छन्।  नेपाल र थाइल्याण्ड कहिल्यै उपनिवेशमा बस्नु नपरेको र समान गरिबीबाट उठ्न खोजेका  उनको धारणा छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पछिल्लो दशकमा थाइल्याण्डले विकास गरेको प्रविधि, हासिल गरेको समृद्धि र गरिबी निवारणमा अख्तियार गरेका नीतिहरूका कारण अहिले समृद्ध मुलुकहरूमध्ये एक थाइल्याण्ड पर्दछ । थाइल्याण्डले सिकेका ज्ञान, सीप र हासिल गरेको नवीनतम प्रविधिहरू नेपालमा भित्र्याउन सके र थाइल्याण्डका लगानीकर्ताहरूले नेपालमा लगानी गर्न सके नेपालले समृद्धि हासिल गर्न समय नलाग्ने प्रधानमन्त्रीको भनाई छ ।

नेपालमा अहिले लगानीको वातावरण पनि बनेको र लगानीको सुरक्षाका लागि सरकारले हदैसम्म लचिलो भएको र त्यसअनुरूप कानुन पनि संशोधन गरेको विषयमा पनि उनले जानकारी गराएका छन् ।  थाइल्याण्डका व्यवसायीहरुले नेपालको शिक्षा, स्वास्थ्य, प्रविधिका विषयहरूमा लगानी गर्न इच्छुक रहेको छलफलमा बताएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । नेपाल-थाइल्याण्डको सम्बन्ध पर्यटनमा तुलनात्मक रुपमा राम्रो रहेको बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
565SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?