काठमाडौं – प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले तत्काल गभर्नर नियुक्तिका लागि सरकार समक्ष माग गरेका छन् ।
आज (बिहीबार) को प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै खतिवडाले सरकारलाई छिट्टोभन्दा छिट्टो गभर्नर नियुक्ति गर्न ध्यानाकर्षण गराएका हुन् ।
त्यस्तै, नेपाल धितोपत्र बोर्डका अध्यक्षले कमिशन लिएको बाहिरिएकोले कारबाहीको माग गरेका छन् । उक्त विषयमा सरकारले आधिकारिक रुपमा जवाफ दिनुपर्ने भन्दै कार्वाहीको माग गरेका छन् ।


































