National life

नवनियुक्त गभर्नर पौडेलसँग शेयर बजार लगानीकर्ताको अपेक्षा के ? विश्लेषक भट्टराईको धारणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ जेठ २०८२, बिहिबार
722Shares
नवनियुक्त गभर्नर पौडेलसँग शेयर बजार लगानीकर्ताको अपेक्षा के ? विश्लेषक भट्टराईको धारणा
ncell

काठमाडौँ । लामो समयको अन्तरालपछि राष्ट्रबैंकले १८औँ गभर्नरको रूपमा विश्व पौडेललाई पाएको छ । गभर्नरको नियुक्ति भएसँगै विभिन्न क्षेत्रले अपेक्षा दर्साएका छन् । त्यसमध्येमा शेयर बजारका लगानीकर्ताले राष्ट्रबैंकको नयाँ नेतृत्वबाट कस्तो अपेक्षा राखेको छन् भनेर आर्थिक भ्वाइसले शेयर बजार विश्लेषक अनलराज भट्टराईलाई सोधेको छ । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंश

पहिलो कुरा त गभर्नर नियुक्ति प्रक्रिया लम्बिँदा अर्थतन्त्र र देशको अन्तर्राष्ट्रिय छविमा नकारात्मक प्रभाव पर्न सक्ने अनुमान लगाइँदै गर्दा गभर्नर नियुक्ति पछि भने उक्त जोखिम हाललाई टरेको अनुभूति गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गभर्नरले बजारलाई सम्बोधन गर्नेभन्दा पनि सेन्ट्रल मार्केटलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ त्यो महत्त्वपूर्ण हुन्छ। सेन्ट्रल मार्केटलाई स्रोतको रूपमा लिनुभएको छ । त्यसलाई राम्रो मान्न सकिन्छ । नवनियुक्त गभर्नरले नियमनभन्दा पनि सुपरिवेक्षण गर्ने भन्ने कुरामा जोड दिनुभएकाले बजार सुहाउँदो नीति आउँछ जस्तो अनुमान गर्न सकिन्छ ।

बैंकिङ सेक्टरमा एउटै कुरालाई धेरै तरिकाले संशोधन गर्ने नीति बनाएका छौँ। मौद्रिक नीति, प्रुडेन्सियल नर्म छन् । नियामकीय व्यवस्था अन्य मुलुकको तुलनामा धेरै कठोर छन् । त्यसलाई खुकुलो बनाउनुहुन्छ भन्ने अनुमान छ । शेयर बजार मात्र नभएर अन्य क्षेत्रमा पनि बजार सुहाउँदो नीति बन्ला भन्ने आशा छ । सेन्ट्रल बैंकले निर्देशित कर्जा प्रवाह गर्न बैंकहरूलाई दबाब दिने गरेको छ । त्यो दबाब हट्नुपर्छ ।

अर्थतन्त्र त चलायमान हुनुप¥यो । उपभोक्ताबाट माग सृजना हुनुपर्छ । त्यसको लागि जनताको हातमा पैसा पुग्नुप¥यो । औषधि नै यही हो । यसका लागि आवश्यक नीतिगत व्यवस्था ल्याउनुहुन्छ जस्तो लाग्छ । उहाँको नीति बजारलाई माथि लैजानुभन्दा पनि पुँजी र द्वितीय बजार दुवैलाई वृद्धितर्फ लैजाँदै सन्तुलित बनाउनमा हुनुपर्छ ।

लगानीकर्तामा उत्साह त पक्कै पनि बढ्नुपर्छ । उहाँको धारणा खुल्ला अर्थतन्त्रमै रहेको छ। नियमनभन्दा पनि अनुगमन र सुपरिवेक्षणमा जोड दिने भनेर भन्नुभएको छ। लगानीकर्ताले सकारात्मक सेन्टिमेन्ट लिनुपर्छ । लिन्छ पनि होला । बजार बढ्ने सम्भावना त छ । केही दिनमा तेस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षा आउँदै छ । त्यसमा गभर्नरले कत्तिको लचकता देखाउनुहुन्छ त्यो हेरेपछि बजार कता जान्छ भनेर सजिलै अनुमान लगाउन सकिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
722SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?