National life

नाडा अध्यक्ष चौधरी र मन्त्री भण्डारीबिच भेटवार्ताः देशमै उद्योग व्यवसाय गर्ने वातावरण निर्माण गर्न आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ चैत २०८१, मङ्गलबार
548Shares
नाडा अध्यक्ष चौधरी र मन्त्री भण्डारीबिच भेटवार्ताः देशमै उद्योग व्यवसाय गर्ने वातावरण निर्माण गर्न आग्रह
ncell

काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ।

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले भारतिय मालवाहक साधनहरुको नेपालमा निर्वाध प्रवेशले नेपालका मालवाहक साधनहरुको व्यवसायमा ठूलो असर परिरहेको बताउँदैै सरकारले उद्योग व्यवसायलाई हेर्ने दृष्ट्रिकोण अझै पनि सकारात्मक हुन नसकेको गुनासो गरे ।

यसैक्रममा अध्यक्ष चौधरीले देशमा नेपालकै उत्पादनले बजार पाउने वातावरण हुनु पर्ने भन्दै लुव्रिकेण्टस उद्योगका नाममा फिनिष्ड गुड नै नेपालमा ल्याएर विक्री वितरण भईरहेकोले यसलाई रोक्नु पर्ने धारणा राखे । सोही क्रममा अध्यक्ष चौधरीले नेपालमै टायर उद्योगहरु खोलिए पनि त्यसका लागि स्टयानदर्डको व्यवस्था नभएको जिकिर गर्दे बुट मोडेलमा वाहय लगानी नेपालमा ल्याउन सम्भव रहेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त छलफलको क्रममा अध्यक्ष चौधरीले सरकारले देशका उद्योगी व्यवसायीहरुको लागि आफनो देशमै उद्योग व्यवसाय गरेर आर्य आर्जन गर्न सकिने बातावरण निर्माणका लागि समेत आग्रह गर्दे नाडाको ६ बुंदे लिखित सुझावहरु समेत पेश गरे।

यसैक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले एजेन्सी दर्ता सम्बन्धी ऐन अहिलेसम्म पारित नहुदा सवारी साधन पैठारीकर्ताहरुलाई ठूलो समस्या भईरहेकोले सो ऐन छिटै पारित गर्नका लागि आग्रह गरे । सोही भेटघाट तथा छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रतीले नेपालका व्याट्री उद्योगहरुको अवस्था बारे समेत जानकारी दिनु हुंदै हाल बन्द रहेको गोरखकाली रबर उद्योगलाई हालको ठाउबाट कुनै उपयुक्त स्थानमा स्थानान्तरगरी सञ्चालन गर्न सकिने र त्यस ठाँउलाई सेजको रुपमा प्रयोग गर्न सकिने धारणा राखे ।

सो छलफलको अन्त्यमा, माननीय मन्त्री भण्डारीले नेपालको उद्योग व्यवसायको स्थिति बारे विना कुनै जानकारी संसदमा प्रश्न उठने गरेको गुनासो गर्नु हुदै नेपाल सरकारले खुल्ला बजार अर्थनीति अवलम्बन गरिरहेको बताए । उनले खुल्ला बजार अर्थतन्त्रमा ७०० प्रतिशतसम्म पनि मुनाफा गर्न सकिने बताउनु हुदै नाडाका सुझावहरु राजश्व परामर्श समितिमा पठाउन अनुरोध समेत गरे ।

सोहि क्रममा मन्त्री भण्डारीले एजेन्सी दर्ता सम्बन्धी नयाँ ऐन अहिलेसम्म पारित नभएको सन्दर्भमा तत्कालै सम्बन्धित मन्त्रालयबाट जानकारी लिदै सो ऐन छिट्टै पारित हुने बताउनु भयो । सो क्रममा मन्त्री भण्डारीले नेपालमा उद्योग व्यवसायको समुचित उत्थानका लागि उपयुक्त वातावरण सिर्जना गर्न आफु दत्तचित्त भएर लागिरहेको बताए ।

उक्त भेटघाट तथा छलफलमा सो मन्त्रालयका वाणिज्य सचिव गोविन्द कार्की, उद्योग सचिव कृष्णवहादुर रावत, नीजि सचिव सुमन धिताल र स्वकिय सचिव आनन्दप्रसाद भट्ट समेतको उपस्थिति रहेको थियो । त्यसैगरी नाडाकोतर्फबाट सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
548SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?