National life

निजामती विधेयकमा गम्भीर प्रकृतिको षड्यन्त्र भयो, यो स्वीकार्य छैन : प्रचण्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ असार २०८२, मङ्गलबार
571Shares
निजामती विधेयकमा गम्भीर प्रकृतिको षड्यन्त्र भयो, यो स्वीकार्य छैन : प्रचण्ड
ncell

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयक पारितको क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन्। मङ्गलवार पेरिस डाँडामा  (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले विधेयकमा छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने बताएका छन्।

''परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ। आज तपाईँहरूले संघीय निजामती विधेयकमा पनि हेर्नुभएको छ,त्यसमा षड्यन्त्र भएको छ, उनले भने यो विधेयकमा कसले बदमासी गर्‍यो, त्यसको छानबिन गरी,चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौं।, अध्यक्ष प्रचण्डले भनेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

संसद्को  राज्य व्यवस्था तथा सुशासन समितिले  लामो समय छलफल गरेर कर्मचारीलाई अवकाशको दुई वर्षसम्म कुलिङ पिरियड राख्ने व्यवस्थासहितको विधेयक प्रतिनिधि सभामा पेश गरेको थियो। पारित हुँदा ’बाहेक’ भन्ने शब्द राखिएको पाइएपछि  चौतर्फी आलोचना सुरू भएको छ।

अध्यक्ष प्रचण्डले संविधान र जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रवृत्ति यसअघि पनि देखिएको र अहिले पुनः त्यसको पुनरावृत्ति हुने खतरा रहेको औँल्याए। 'यथास्थिति र प्रतिगमन उल्ट्याउने प्रयास भइरहेको अवस्थामा हामीले पार्टीको अभियान रोकेर प्रतिवाद गर्‍यौँ। अहिले पनि त्यो प्रवृत्ति जारी छ, उनले स्पष्ट पारे।

यो समाचार शेयर गर्नुहोस्
571SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?