National life

निजी क्षेत्र समृद्धिका बाहक हुन् , हामीले बुझ्न जरुरी छः पूर्वअर्थमन्त्री डा.महत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ चैत २०८०, बुधबार
824Shares
निजी क्षेत्र समृद्धिका बाहक हुन् , हामीले बुझ्न जरुरी छः पूर्वअर्थमन्त्री डा.महत
ncell

काठमाडौँ । पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका प्रवक्ता समेत रहेका डा.प्रकाशशरण महतले निजी क्षेत्र रोजगारी सिर्जना,आम्दानी वृद्धि र समृद्धिको बाहक हो भन्ने कुरामा कांग्रेसको दुबिधा नरहेको प्रस्टाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै डा. महत भने, ‘नेपाली कांग्रेसले निजी क्षेत्रको महत्वलाई बुझ्दछ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘०४६ सालको परिवर्तनसँगै जुन आर्थिक वृद्धिको शृङ्खला अगाडि बढ्यो, त्यसमा नेपाली कांग्रेसले लिएको नीति महत्त्वपूर्ण हो। निजी क्षेत्रमा सक्रिय सहभागिता र राज्यको तर्फबाट समर्थन, सहयोग गर्ने कांग्रेसको नीति थियो, त्यसले नेपालको आर्थिक वृद्धिलाई अर्को स्तरमा पुर्‍याएको हो,' उनले थपे, ‘नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको टोकन सहभागिता थियो, खास गरेर आयात निर्यातमा मात्र सीमित भएको निजी क्षेत्रको सहभागितालाई विस्तार गर्‍यो।’

सभामा पूर्व मन्त्री डा। महतले भने,पछिल्लो चरणमा म अर्थमन्त्री भएँ, पहिलो चरणको सुधार ०४६ पछि प्रारम्भ भएको हो । दोस्रो चरणको सुधार प्रारम्भ गर्ने काम हामीले गर्‍यौँ, यसमा निरन्तर निजी क्षेत्रको सुझाव, सल्लाह र सहभागितालाई उच्च महत्त्व दिएको कुरा तीन वटै उद्योग व्यवसायीको छाता सङ्गठनका साथीहरूलाई राम्रोसँग थाहा छ ।’

‘यी कुरालाई मूल मन्त्र बनाएर हामी पछिल्लो गठबन्धन सरकारमा सक्रिय भएका हौँ। नेपालमा लगानी पठाउनका लागि तीन वटै निजी क्षेत्रको सङ्गठनलाई सदस्य बनाएर के–कस्ता अप्ठ्यारा छन्, के कस्ता सुधारका आवश्यकता छ, कहाँ झन्झट र अप्ठ्यारो निजी क्षेत्रले महसुस गरेको छ? भन्ने कुरालाई मध्यनजर गरेर उहाँहरूलाई हस्ताक्षर गराएर अर्थ मन्त्रालयको तहबाट मन्त्रिपरिषद्मा पुर्‍याएको हो,’ उनले भने, ‘त्यही कुरालाई कानुनी रूप दिएर लगानी सम्मेलनमा थप ऊर्जा प्रदान गर्ने हाम्रो लक्ष्य थियो । बजेटलाई हामीले सिस्टममा ल्याउँदैछौं ।’

डा.महतले भने, ‘दोस्रो चरणको सुधारको प्रारम्भ हामीले गरेका थियौँ, त्यसलाई निरन्तरता भयो भने जसरी ०४६ पछि आर्थिक वृद्धिदरमा नयाँ प्रारम्भ भएको थियो, फेरि त्यो अझै हुनसक्छ । तर वितरणमुखी बाटोमा जाने, निजी क्षेत्रसँग सहकार्य मौखिकरुपमा गर्ने र व्यवहारमा उल्टो गर्ने काम भयो भने जुन सुधार, प्रगति र शिथिलता चिरेर अर्थतन्त्रले लय पक्रँदै थियो, त्यो लय भंग हुने खतरा मैले देखेको छु ।’

‘गठबन्धन परिवर्तन गर्नुभएका प्रधानमन्त्रीज्यूले यी सबै प्रगति र उपलब्धि मेरो नेतृत्वमा भयो भन्नुभयो । तर, त्यो उपलब्धिबाट म खुसी हुन सकिन । त्यत्ति उपलब्धिबाट मलाई चित्त बुझेन त्यसकारण गठबन्धन परिवर्तन गरेको हुँ भन्नुभएको छ’ डा.महतले भने, ‘जुन लय र शैली अहिले प्रकट भइरहेको छ, धेरै मेहनत र अनुशासनमा रहेर आफू पनि उदाहरण बनेर जुन काम हामीले प्रारम्भ गरेका थियौँ, यो कामलाई निरन्तरता दिन चुनौतीपूर्ण हुने देखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
824SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?