National life

नेपालमा लगानीबारे भएको नकारात्मक प्रचारको अन्त्य भएको छ : अर्थमन्त्री महत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० पुस २०८०, मङ्गलबार
677Shares
नेपालमा लगानीबारे भएको नकारात्मक प्रचारको अन्त्य भएको छ : अर्थमन्त्री महत
ncell

काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको दाबी गरेका छन् । लगानीको वातावरण बिथोल्न खोजिए पनि त्यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र गएको उनको भनाई छ ।

आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अर्थमन्त्री डा.महतले अर्थतन्त्रका सूचक सकारात्मक देखिएको र नेपालमा लगानी गर्न हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको दाबी गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ,’ अर्थमन्त्री डा.महतले भने, ‘यहाँ अब केही गर्न हुँदैन भन्ने प्रचार भयो, तर वास्तवमा त्यस्तो होइन, तथ्याङ्कले देखाएको छ ।’ उनले नेपालमा निर्धक्क भएर लगानी र खर्च गर्न आग्रह गरे ।

सेयर बजार माथि उठ्दै गएको, घरजग्गा कारोबारमा सुधार आएको, विदेशी मुद्रा सञ्चिति सन्तुलित रहेको र विप्रेषण पनि सकारात्मक रहेकाले अर्थतन्त्र सुधारोन्मुख रहेको उनको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
677SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?