विश्वव्यापी रूपमा जीवन बिमा व्यवसाय अभिकर्तामा आधारित व्यवसाय हो अर्थात् यस व्यवसायमा अभिकर्तालाई व्यवसाय वृद्धिमा परिचालन गरिन्छ । हरेक जीवन बिमा कम्पनीहरूले आफ्नो व्यवसाय बढाउन अभिकर्तामा आधारित मासिक तथा वार्षिक स्किम मार्फत व्यवसाय वृद्धि गर्न प्रेरित गरेको पाइन्छ ।
बिमा व्यवसायको लागि इजाजत पत्र लिएर काम गर्न पाइने कुरा बिमा प्राधिकरण ऐन २०७९ मा स्पष्ट गरिएको छ । एस.एल.सी, एस.ई.ई वा सो भन्दा माथि जुन सुकै तह उर्तीण गरेका नेपाली नागरिकले इजाजत लिई कार्य गर्न पाउँदछन् ।
५८ प्रतिशतको हाराहारीमा रहेका सक्रिय अर्थात् नवीकरण गरेका अभिकर्ता मध्य ७० प्रतिशत ले जीवन बिमा व्यवसाय थालनी समेत नगरेको तथ्यांकले देखाएको छ । बजारमा यति ठुलो संख्यामा अभिकर्ता होल्ड हुनुले जीवन बिमा व्यवसायमा बजारीकरणमा समस्या पर्दै गएको संकेत गरेको छ ।
नेपाल बिमा प्राधिकरणले अभिकर्ता इजाजत प्राप्त गरेका अभिकर्ता ले वार्षिक रूपमा आफ्नो व्यक्तिगत कोर्ड मार्फत न्यूनतम बिमा शुल्कका आधारमा अभिकर्ता लाईसन्स नवीकरण गर्ने नीति ल्याउन लागेको कुरा विभिन्न सञ्चार माध्यम आइसकेको छ । जसले अव अभिकर्ता लाईसन्स लिएर काम नगर्ने प्रवृत्ति निरुत्साहित हुने छ । यस बाट बिमा व्यवसायमा सकारात्मक प्रभाव निश्चय नै पर्ने देखिन्छ ।
पछिल्लो समय अभिकर्ता बन्ने तर काम गर्न नचाहने प्रवृत्तिका कारण जीवन बिमा कम्पनीहरू जोखिममा परेका छन् आखिर किन चाहँदैनन् । जीवन बीमा सम्बन्धी काम गर्न त्यसका केही कारणहरू निम्नलिखित छन् ।
१) वित्तीय असुरक्षा: कमिसनमा आधारित व्यवसाय भएकाले वित्तीय स्थिरता र निश्चितता कम गर्ने भयले तथा व्यापार बढाउन समय लाग्ने र सफलता प्राप्त गर्न कठिन हुने मनोविज्ञानले काम गर्ने रुचि देखाउदैनन ।
२) पारिवारिक तथा सामाजिक दबाब : जीवन बिमा सम्बन्धी बिमा पोलेसि बिक्री गर्न बारम्बार सम्पर्कमा रहनु पर्ने भएकाले धेरै नयाँ अभिकर्ता लाई असहज बनाउन सक्छ । परिवार र साथी भाइहरू सँग ब्यत्तिगत सम्बन्धमा समस्या आउन सक्ने भयले आफूलाई बजारमा खुलाएर स्थापित गर्न नसक्नु ।
३) तालिम र तयारीको अभाव : सबै जीवन बिमा उद्योगमा प्रवेश गर्नको लागि आवश्यक ज्ञान तथा सिप र समयले तयार हुदैनन । सही तालिम र मार्गदर्शनको अभावले पनि आफूलाई काम गर्नगाह्रो महसुस गर्दछन् ।
४) लामो समय र कडा मेहनत : जीवन बीमा बिक्रीका लागि कडा मेहनत र दीर्घकालीन प्रतिबद्धता आवश्यक पर्छ । तर सबै मानिस त्यस्तो चहादैनन छोटो समयमा दरिलो पाइँदाका लागि तयार हुन्छ । जीवन बिमा व्यवसायमा सफल हुनको लागि निरन्तरता र मानसिक दृढता चाहिन्छ त्यसमा अधिक हुन नसक्दा उ विफल हुन्छ ।
५) सामाजिक असमर्थता तथा ज्ञानको अभाव : धेरै मानिसहरूले जीवन बिमा लाई अनावश्यक मान्ने तथा अन्य अनावश्यक तर्कका कारण जीवन बिमा बिक्री प्रक्रिया बनाउन सक्ने भयले ।
६) टार्गेट र दबाब : जीवन बिमा कम्पनीहरूले अभिकर्तालाई बिक्री लक्ष्य दिन्छन् जुन अभिकर्ताको रुचि भित्रनै पर्दैन जसले गर्दा काम गर्न दबाब र तनाव पैदा गर्न सक्ने र सफलता नआएको खण्डमा नकारात्मक असर पर्न सक्ने मनोविज्ञान ले गर्दा अभिकर्ता निष्क्रिय हुने गर्दछन्।
जीवन बिमा कम्पनीहरूले अभिकर्तालाई बिक्री लक्ष्य दिन्छन् जुन अभिकर्ताको रुचि भित्रनै पदैन जसले गर्दा काम गर्न दबाब र तनाव पैदा गर्न सक्ने र सफलता नआएको खण्डमा नकारात्मक असर पर्न सक्ने मनोविज्ञान ले गर्दा अभिकर्ता निष्कृया हुने गर्दछन्।
७) व्यक्तिगत अरुचिहरू : कतिपय व्यक्तिलाई वीमा व्यवसायमा रुचि नहुन सक्छ । उनीहरूको रुचि अन्य क्षेत्रमा हुँदा अनावश्यक रूपमा जीवन बिमा अभिकर्ता बनाई दिँदा समेत सबैका लागि जीवन बिमा अभिकर्ताका उपयुक्तm नहुन सक्छ । जीवन बिमा कम्पनीहरूले परिमाण भन्दा पनि परिणाममुखी अभिकर्ता निर्माण गर्न कदम चाले जीवन बीमा बजारीकरण गर्न दीर्घकालीन रूपमा सहज हुने कुरामा दुई मत छैन ।


































