National life

नेपाली जीवन बीमा बजारमा म्यादी बीमालेख सम्बन्धी अव्यवहारिक पक्ष

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ जेठ २०८२, शुक्रबार
634Shares
नेपाली जीवन बीमा बजारमा म्यादी बीमालेख सम्बन्धी अव्यवहारिक पक्ष
ncell

काठमाडौं । नेपाली जीवन बीमा बजारमा म्यादी बीमालेख सम्बन्धी अव्यवहारिक पक्ष मानव जीवनमा हुने विभिन्न किसिमका अनिश्चितता तथा जोखिमहरूलाई जस्तै अंगभंग, अशक्तता वा मानव जीवनको शाश्वत सत्य मृत्यु जस्ता घटनाबाट हुने क्षतिलाई आर्थिक माध्यमबाट आफु वा आफु आश्रित परिवाजनमा वित्तिय रूपमा परिपूर्ति गर्ने उपयुक्त माध्यम नै जीवन बीमा हो।

मुलत जीवन बीमालाई लगानी सहित जोखिम समेत व्यहोर्ने बीमा र जोखिम मात्र बहन गर्ने बीमामा बर्गिकरण गर्न सकिन्छ। जोखिम मात्र व्यहोर्ने बीमालाई म्यादी बीमामा बर्गिकरण गरिएको छ। यस्तो बीमाको बीमाशुल्क एकदमै न्युन रहेको हुन्छ भने बीमितलाई बीमालेखमा उल्लेख भए बमोजिम जोखिमको घटना घटे पश्चात् बीमा कम्पनीले बीमालेखमा उल्लेख भए बमोजिमको रकम क्षतिपुर्ति वापत भुक्तानी गर्ने गर्दछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तो बीमालेखको बीमाशुल्क एकमुष्ठ, वार्षिक, अर्ध वार्षिक, त्रैमासिक वा मासिक रूपमा तिर्नु पर्दछ।

यसरी आवधिक रूपमा बीमाशुल्क तिर्नु पर्ने म्यादी बीमालेखहरू तिर्ने मिति वा सो समय अगावै भुक्तान गर्नु पर्दछ, अन्यथा बीमालेखले जोखिम वहन नगर्ने सम्भावना रहन्छ। तथापि नेपालको परिप्रेक्षमा बीमितहरूको सहजताको लागि म्यादी बीमालेखहरूमा समेत वार्षिक, अर्ध वार्षिक र त्रैमासिक बीमाशुल्क भुक्तान गर्ने बीमालेखहरू ३० दिन र मासिक बीमाशुल्क भुक्तान गर्ने बीमालेखहरूमा १५ दिन सम्मको मोहलत अवधि उपलब्ध रहेको र उक्त अवधिमा बीमालेखको सम्पूर्ण जोखिम बहन हुने गरेको छ। मोहलत सम्बन्धी व्यवस्था जीवन बीमा कम्पनी पिच्छे फरक हुन सक्ने हुनाले नेपाल बीमा प्राधिकरणले सम्पूर्ण म्यादी जीवन बीमालेखहरूमा मोहलत अवधिको एकरूपता गर्न आवश्यक छ।

म्यादी बीमालेखले अवधि समाप्त भए पश्चात् वा तिर्नु पर्ने बीमाशुल्क मोहलत अवधि भित्र समेत नतिरेमा उक्त बीमालेख अन्तर्गत कुनै रकम वा सुविधा उपलब्ध हुँदैन। यसरी बीमाशुल्क तिर्नु पर्ने अवधिमा बीमाशुल्क नतिरी मोहलत अवधि समेत समाप्त भएको अवस्थामा बीमालेखलाई पुनर्जागरण गरी चालु गर्न सकिन्छ। यसरी बीमालेख पुनर्जागरण गर्दा बीमालेख नयाँ लिए सरहका अपवाद लागु हुनुका साथै नयाँ बीमालेख सरहकै जोखिमाङ्कन प्रक्रिया पुरा गर्नु पर्ने हुन्छ। बीमालेख व्यतीत भएको अवधि देखि पुनर्जागरण नगर्दा सम्म बीमालेखले कुनै पनि जोखिमको रक्षा वरण गर्दैन। यसर्थ सामान्यता म्यादी जीवन बीमा व्यतीत भएको ६ महिना पश्चात् पुरानो बीमालेखलाई नवीकरण गर्नु भन्दा नयाँ म्यादी जीवन बीमालेख लिन उपयुक्त हुन्छ।

तर जीवन बीमा कम्पनीहरूले म्यादी जीवन बीमा व्यतीत भएको ५ वर्ष वा सो भन्दा बढी अवधिको समेत बीमाशुल्क लिइ म्यादी जीवन बीमा पुनर्जागरण गरे गराएको देखिन्छ। यस्तो अवस्था बीमितको व्यतीतको अवधिको बीमाशुल्क र सो मा लाग्ने व्याज पूर्ण रूपमा खेर गइरहेको हुन्छ, जीवन बीमा कम्पनीहरूले विशुद्ध आफ्नो मात्र फाइदा लागि विभिन्न प्रलोभन जस्तै व्याज छुट देखाइ १ वर्ष भन्दा बढी व्यतीत म्यादी जीवन बीमलेखहरू पुनर्जागरण गर्न लगाइ बीमितलाई झुक्काएको देखिन्छ। यसर्थ बीमा क्षेत्रको नियमनकारी निकायको हैसियतले नेपाल बीमा प्राधिकरणले विशुद्ध म्यादी बीमालेख (Pure Term Life Policy) हरूमा बीमालेख व्यतीत भएको ६ महिना वा १ वर्ष पश्चात् पुनर्जागरण गर्न नमिल्ने र नयाँ बीमालेख लिनु पर्ने व्यवस्था गर्न अत्यावश्यक भै सकेको छ।

यो समाचार शेयर गर्नुहोस्
634SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?