National life

नेपाल दिनप्रतिदिन आत्मनिर्भरताबाट परनिर्भरतातर्फ गइरहेको छ: सभामुख घिमिरे  

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ पुस २०८०, आइतबार
570Shares
नेपाल दिनप्रतिदिन आत्मनिर्भरताबाट परनिर्भरतातर्फ गइरहेको छ: सभामुख घिमिरे  
ncell

काठमाडौं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल दिनप्रतिदिन आत्मनिर्भरताबाट परनिर्भरतातर्फ उन्मुख भइरहेकोे बताएका छन्।

ललितपुरमा राष्ट्रिय च्याउ दिवस एवं च्याउ मेला तथा परिकार महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा पाइने च्याउहरुलाई प्रवद्र्धन र बजारीकरण गर्न जरुरी रहेको बताएका छन्।

नेपाल जैविक विविधतालाई उपयोग गर्ने सन्दर्भमा धेरै नै पछि परेको जिकिर गर्दै घिमिरेले विदेशी च्याउलाई बिस्थापित गरी स्वदेशी च्याउको बजारीकरण गर्न जरुरी रहेको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत १० वर्ष यता सकारले च्याउ उत्पादक किसानलाई आवश्यक महत्व र स्थान दिन नसकेको उनको भनाई छ ।

'गत १० वर्ष यता च्याउ क्षेत्रमा किसानहरुले गरिरहेका प्रगतिहरु, किसानका मेहनत, च्याउ उत्पादकहरुमा राज्यले जति महत्व दिनुपर्ने हो, त्यो कुराको अझैपनि अभाव छ।

जसरी अरु क्षेत्रको अनुसन्धानमा महत्व दिइएको छ, नेपालमा पाइने च्याउहरुलाई अनुसन्धान गर्ने, त्यसलाई व्यवहारमा लागू गर्ने र यसको बजारीकरण गर्नेकुरामा अझै ध्यान दिन जरुरी छ।’ सभामुख घिमिरेले भने

 

यो समाचार शेयर गर्नुहोस्
570SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?