National life

'नेपाल मोबिलिटी एक्स्पो २०२५' आजदेखि सुरु: ५० भन्दा बढी ब्राण्ड सार्वजनिक गरिँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ साउन २०८२, बुधबार
739Shares
'नेपाल मोबिलिटी एक्स्पो २०२५' आजदेखि सुरु: ५० भन्दा बढी ब्राण्ड सार्वजनिक गरिँदै
ncell

काठमाडौँ। आजदेखि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) द्वारा आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ आजदेखि सुरु भएको छ।

काठमाडौँको भृकुटीमण्डपमा साउन २५ गतेसम्म आयोजना हुने यो एक्स्पोको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन्। गत वैशाख ३ गते औपचारिक रुपमा सञ्चालनमा आएको नाइमाले पहिलो पटक अटो एक्स्पो आयोजना गरेको हो ।

यसपटकको एक्स्पोमा ५० भन्दा बढी ब्राण्ड, १५ वटा दुई पांग्रे, १५ वटा चार पांग्रे, र ५ वटा कमर्सियल सवारी साधनसहित ३५ नयाँ सवारी साधनहरू सार्वजनिक गरिने छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रदर्शनीमा विद्युतीय सवारी साधन, स्मार्ट मोबिलिटी सोल्युसन, र ट्राफिक तथा रोड सेफ्टी प्रविधिहरू पनि प्रस्तुत गरिने आयोजकले जनाएको छ।

प्रदर्शनी अवधिभर पठाओले ३० प्रतिशत छुट दिनेछ भने फ्रन्टलाइन हस्पिटलले चौबिसै घण्टा एम्बुलेन्स र स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ। साथै, ‘नाइमा अनलाइन भिडियो प्रतियोगिता’ समेत सार्वजनिक गरिएको छ जसमा सहभागीले भिडियो बनाइ श्रावण २१ भित्र अपलोड गरेमा उत्कृष्ट एक जनालाई १ लाख रुपैयाँ र अन्य १० जनालाई १० हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ।

त्यस्तै, एक्स्पो अवधिभर विभिन्न अन्तर्राष्ट्रिय विज्ञहरू सहभागी हुने ज्ञानवर्धक सत्र पनि सञ्चालन हुनेछन्। पहिलो दिन अनिल केशरी शाहले ‘मोबिलिटीः हिजो, आज र भोलि’ विषयमा सेसन सञ्चालन गर्नेछन्। त्यसपछि त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगलगायतका निकायका विज्ञहरूले आ–आफ्नो अनुभव सुनाउनेछन् ।

कार्यक्रमको प्रमुख प्रायोजक एभरेष्ट बैंक लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन्। साथै, खल्ती बाई आईएमई टिकटिङ पार्टनर, माउन्टेन ड्यु बेभरेज पार्टनर, पठाओ राइड पार्टनर, एचआईके भिजन सुरक्षा साझेदार, र सोल्टी होटल हस्पिटालिटी पार्टनर रहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
739SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?