काठमाडौँ । पर्यटन तथा एभियसन क्षेत्रको सुधारका लागि छुट्टै ‘टाक्स फोर्स’ बन्ने भएको छ । संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले सम्पूर्ण पर्यटन पूर्वाधारको क्षेत्रमा काम गर्ने गरी विज्ञसहितको एउटा समिति बनाउने निर्णय गरेको हो ।
सिंहदरबारमा सञ्चारकर्मीहरूसँग छलफल गर्दै समितिका सभापति राज किशोर यादवले पर्यटन पूर्वाधार, विमानस्थल, हवाई सुरक्षा र नियमन अध्ययन गर्न विज्ञसहितको छुट्टै फोर्स बनाउन लागेको बताएका छन् ।
‘विमानस्थल बनाएको छ, बिजनेस छैन ।
‘खास पर्यटन समितिको काम कारबाहीलाई सहयोग पु(याउने उद्देश्यले फोर्स तयार गर्न खोजिएको हो । यसमा औपचारिकता, मापदण्ड तथा अधिकार भनेर वृहत् बनाइने छैन । समिति भित्रकै सदस्यहरूलाई नेतृत्वको जिम्मेवारी दिएर यो फोर्सले काम गर्नेछ’ यादवले भने ।
अब यसरी हुँदैन । कुनै मुद्दामा छलफल डाक्यो समितिका सदस्यहरूले आफू खुसी व्याख्या गर्ने र बहकिने, जिम्मेवार कर्मचारी र मन्त्रीले सतही कुरा गरेर वास्तविकता लुकाउन खोज्ने यसरी हुँदैन । मुद्दाको गहिरो अध्ययन र समस्याको समाधानको आवश्यक छ । यसका लागि सोही अनुसारको विज्ञ समूह चाहिन्छ,’ उनले भने ।


































