National life

पश्चिम नवलपरासीमा कांग्रेस एक ढिक्का, विनोद चौधरीको नेतृत्वमा चुनावी अभियान तीव्र

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०७ माघ २०८२, बुधबार
999Shares
पश्चिम नवलपरासीमा कांग्रेस एक ढिक्का, विनोद चौधरीको नेतृत्वमा चुनावी अभियान तीव्र
ncell

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पश्चिम नवलपरासीमा नेपाली कांग्रेस एक ढिक्का भएर चुनावी मैदानमा उत्रिएको छ। विगतमा आन्तरिक विवाद र गुटबन्दीका कारण चर्चामा रहने यो जिल्लामा यसपटक कांग्रेसभित्र उल्लेखनीय एकता देखिएको छ, जसले चुनावी माहोललाई थप सकारात्मक बनाएको छ।

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी दोस्रो पटक प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन्। यसअघि पनि यही क्षेत्रबाट निर्वाचित सांसद रहेका चौधरी पार्टीका साझा उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा होमिएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लामो समयदेखि पार्टीभित्र विवादको केन्द्रमा रहेका तत्कालीन नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल टिकट नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै जिल्लाभित्रको आन्तरिक असमझदारी अन्त्य भएको स्थानीय नेताहरूको भनाइ छ। खनालको बहिर्गमनपछि कांग्रेस संगठन थप एकताबद्ध भएको र चुनावी गतिविधि सशक्त बन्दै गएको देखिएको छ।

पश्चिम नवलपरासीका प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले पार्टी एक ढिक्का भएर अघि बढ्नु जिल्लाका लागि सकारात्मक सन्देश भएको बताए। उनले कांग्रेसको एकताले चुनावी नतिजासँगै जिल्लाको समग्र विकास प्रक्रियालाई पनि गति दिने विश्वास व्यक्त गरे।

त्यसैगरी नेपाली कांग्रेस नवलपरासीका जिल्ला सचिव कुलदीप आचार्यले पार्टी एकताबद्ध रहेसम्म कांग्रेस उम्मेदवारलाई पराजित गर्न कसैले नसक्ने दाबी गरे। उनका अनुसार वडा, जिल्ला र प्रदेश तहका सबै नेता–कार्यकर्ता एउटै लक्ष्य र उद्देश्यका साथ चुनावी अभियानमा जुटेका छन्।

पार्टीका केन्द्रीय सदस्य, निवर्तमान सांसद, जिल्ला तथा वडा तहका नेता–कार्यकर्ता, बुद्धिजीवी र आम कांग्रेस कार्यकर्ताको साथ र समर्थनमा विनोद चौधरी चुनावी अभियानलाई तीव्र बनाइरहेका छन्। आज मात्रै चौधरीले जिल्लाका केन्द्रीय सदस्य, पूर्वसांसद, पार्टी नेता तथा वडा तहका कार्यकर्तासँग भेटघाट तथा छलफल गरेका छन्।

छलफलपछि प्रतिक्रिया दिँदै चौधरीले पार्टी एकताबद्ध भएर चुनावी अभियानमा होमिएको देख्दा आफू निकै उत्साहित भएको बताए। “अघिल्लो निर्वाचनमा जिल्लाभित्रकै केही नेताको असहयोगका बाबजुद पनि हामी विजयी भयौँ। यसपटक त पार्टी पूर्ण रूपमा एकताबद्ध छ, सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुपर्छ,” उनले भने।

चौधरीले कसैलाई काखा कसैलाई पाखा नगरी सबैसँग हातेमालो गर्दै जिल्लाको समग्र विकासमा अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे। कांग्रेसभित्र देखिएको यो एकताले पश्चिम नवलपरासीमा चुनावी वातावरण थप अनुकूल बनेको स्थानीय राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।

यो समाचार शेयर गर्नुहोस्
999SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?