काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी पूर्वराष्ट्रपति समृद्धि मुठ्ठीभर मानिसको लागि नभएको भन्दै आमजनतालाई हुनुपर्ने धारणा राखेकी छिन् । आज काठमाडौँमा आयोजित ‘राइजिङ नेपाल समिट २०२५’ लाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक स्थायित्वले नै देशभित्र लगानीको वातावरण बनाउने बताइन्।
नेपालको समृद्धि केवल वर्तमानको आर्थिक सूचकाङ्कले मात्रै मापन गर्न नसकिने भन्दै उनले यसलाई दिगो बनाउन राजनीतिक दृढता, सामाजिक समावेशिता, संविधानप्रति प्रतिबद्धता, राष्ट्रिय स्वाभिमानसँग निरन्तर जोडिरहनुपर्ने बताइन्।
‘हामीले के बिर्सनु हुँदैन भने समृद्धि केबल मुठ्ठीभर मानिसहरूको लागि होइन, आम जनताको लागि हुनुपर्छ,’ उनले भनिन्, ‘लगानीसँगै रोजगारी, समावेशिता, ग्रामीण विकास, महिला उत्थानशीलता, वातावरणीय जिम्मेवारी पनि सुनिश्चित हुनुपर्दछ ।’ समृद्धिको मार्ग अरूको मोडल अनुशरण गर्ने मात्रै नभएर आफ्नै समाजका आवश्यकता, श्रोध साधन, सन्दर्भ र सम्भावनालाई गहिरो विश्लेषण गरेर तय गर्नुपर्ने उनले बताइन्।
‘नेपालको समृद्धि केवल वर्तमानको आर्थिक सूचकांकले मात्रै मापन गर्न सकिँदैन। बरु यसलाई दिगो तुल्याउन हाम्रो राजनीतिक दृढता, सामाजिक समावेशिता, संविधानप्रति प्रतिबद्धता, राष्ट्रिय स्वाभिमानसँग निरन्तर जोडिरहनुपर्छ,’ उनले भनिन्, ‘लगानी प्रवर्द्धन तथा अभियानको एउटा महत्त्वपूर्ण माध्यम अवश्य हो।


































