National life

पूर्व अर्थमन्त्री महतको स्पष्टीकरण: नयाँ स्टक लाइसेन्स रोक्न प्रधानमन्त्रीको भूमिका छ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ फागुन २०८०, मङ्गलबार
611Shares
पूर्व अर्थमन्त्री महतको स्पष्टीकरण: नयाँ स्टक लाइसेन्स रोक्न प्रधानमन्त्रीको भूमिका छ
ncell

काठमाडौं । निवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महतले तत्कालीन समयमा नयाँ स्टकलाई लाइसेन्स दिन रोक्न विषयमा आफ्नो कुनै भूमिका नरहेको स्पष्ट पारेका छन्।

आज (मंगलबार) पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो भनाई राख्दै निवर्तमान अर्थमन्त्री महतले नयाँ स्टकलाई लाइसेन्स दिन रोक्न आफ्नो कुनैपनी भूमिका नरहेको र सबै काम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने निर्देशन गरे अनुसार नै भएको स्पष्ट पारेका छन्।

तत्कालीन समयमा प्रधानमन्त्री र मन्त्रिपरिषदले गरेको निर्णयलाई अहिले आफूमाथि थोपर्न नहुने महतको भनाइ छ ।‘तत्कालीन समयमा प्रधानमन्त्रीले नै नयाँ स्टकलाई अहिललाई लाइसेन्स दिन रोक्नु भएको हो’ उनले भने, ‘ स्टकले थप निजी क्षेत्रलाई जोडने भन्ने कुरालाई थप अध्ययन गरेपछि मात्रै निर्णय गर्ने भनेर उहाँले त्यो बेला रोक्नु भएको हो ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नयाँ स्टकलाई लाईसेन्स दिने विषयलाई तत्कालिन समयमा अर्थसमितिले रोकेर राखेको र अर्थ समितिले पनि खोलेपछि चर्चामा आएको उनको भनाइ छ । ‘समितिले पनि खोलेपछि यो खोल्ने प्रस्ताव अर्थ मन्त्रालयले नै ल्याईदेओस भन्ने उहाँको भनाइ थियो’ उनले भने ‘हाम्रो भनाइ अर्थले रोक्ने नरोक्ने भनेको थिएन । मन्त्रिपरिषदले रोक्ने निर्णय गरेको हुनाले मन्त्रिपरिषदले खोल्नु पर्छ भन्नु गलत हो।

‘सेबोनबाट आएको चिठीसँगै हामीले अध्ययन गरिसकेको छौ। खोल्ने नखोल्ने के हो सरकारले नै गरोस भनेको हो। त्यसपछि अर्थलाई नै अध्ययन समिति बनाउनु भनेर अर्थबाट प्रस्ताव ल्याउनु पर्यो भनेर पत्र आयो । हामीले त्यही खालको कमिटि बनायौं । त्यसले अध्ययन गरिरहेको होला । निवर्तमान अर्थमन्त्री महतले भने ।

यो समाचार शेयर गर्नुहोस्
611SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?