National life

पेचिलो बन्दै ‘टेक एन्ड पे’ : उर्जामन्त्रीको आश्वासनमा अर्थमन्त्रीको हस्तक्षेप, ओझेलमा उद्यमीको माग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ असार २०८२, सोमबार
712Shares
पेचिलो बन्दै ‘टेक एन्ड पे’ : उर्जामन्त्रीको आश्वासनमा अर्थमन्त्रीको हस्तक्षेप, ओझेलमा उद्यमीको माग
ncell

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बजेटमा ‘टेक एन्ड पे’को अवधारणमा विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गर्ने विषय भुलवश आएको बताए पनि अर्थमन्त्री विष्णु पौडेलले भने संसद्‍मा यसको बचाउ गरेका छन्।

सरकारले १५ जेठमा ल्याएको आगामी आवको बजेटमा अब टेक एन्ड पे अर्थात् चाहिएका वेला मात्रै विद्युत् किन्ने व्यवस्था समावेश छ । ऊर्जा मन्त्री दीपक खड्काले टेक एन्ड पे सच्चिने बताएका थिए तर अर्थमन्त्री विष्णु पौडेलले भने संसद्‍मा यसको बचाउ गरेका छन्।

सोमबार सांसदहरूले उठाएका प्रश्नलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले विचाराधीन विधेयकलाई ख्याल गरी टेक एन्ड पेको व्यवस्था ल्याएको धारणा राखेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यता, मन्त्री खड्काले भने पत्रकार सम्मेलन मार्फत सरकारले १० वर्षमा साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएका वेलामा त्यस्तो व्यवस्था लागू गर्न नहुने भन्दै सच्याउन अर्थ मन्त्रालयमा पत्राचार गरेको पनि बताए थिए ।

अर्थमन्त्री पौडेलले भने सदनमा विचाराधीन विद्युत् विधेयक पारित भएपछि विद्युत् व्यापारको दायरा फराकिलो हुने र विद्युत् प्राधिकरणलाई मात्र विद्युत् बिक्री गर्नुपर्ने हालको अवस्था अन्त्य हुने धारणा राखेका छन् । सार्थ, अर्थमन्त्री पौडेलले यसबाट विद्युतमा निजी क्षेत्रको लगानी थप विस्तार हुने धारणा राखेका छन् ।

सरकारले विद्युत् उत्पादनमा मात्र नभई प्रसारण र बिक्रीमा समेत निजी क्षेत्रको भूमिका अभिवृद्धि गर्न चाहेको कारण यो विषयलाई चिन्ताका रूपमा नलिन अर्थमन्त्री पौडेलले आग्रह गरेका छन् । निजी क्षेत्रको लगानी निरुत्साहित गर्ने सरकारको सोच होइन। हामी प्रोत्साहित गर्न चाहन्छौँ’, उनले भने  ‘टेक एन्ड पे’ प्रावधान विरुद्ध उर्जा उद्यमीहरूले गोलबन्द भएर सरकारले बेवास्ता गरे आन्दोलन नै गर्ने चेतावनी दिँदै आएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
712SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?