काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आलोचना गरेसँगै प्रधानमन्त्री ओलीले त्यसको खण्डन गरेका छन् । सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्यप्रति उठाएको प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिएका छन् ।
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ– कीर्तिपुरको मैदानमा खोइ फ्लडलाइट ?खोइ प्यारापिट ? भनेर मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ ।
तपाईँ प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईँले केही गर्नु पनि परेन र गर्नु पनि भएन । सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईँले प्रधानमन्त्रीको रूपमा जवाफ पनि दिनु परेन। ओलीले लेखेका छन् । यता, प्रचण्डले आज एक वर्ष अर्थात् ३६५ दिन बितिसक्दा पनि उक्त घोषणा कार्यान्वयनमा आउन नसकेको बताएका थिए । ‘जोडियो त फ्लडलाइट ? बन्यो त प्याराफिट,’भन्दै उनले प्रश्न गरेका थिए ।


































