काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ स्वरूप हतियार बिसाउन लगाउन आफूहरूले जानेको बताएका छन् ।
आज गैर आवासीय नेपालीहरूको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शनिवारका दिन पार्टी अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई लक्षित गर्दै हतियार बिसाउन लगाउने बारेमा आफूले जानको प्रतिक्रिया दिएका हुन् ।
प्रधानमन्त्रीले माओवादीले अझै धम्क्याएको भरमा खाने गरेको आरोप लगाउँदै हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्नेबारेमा आफूलाई थाहा भएको पनि स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री ओलीले भने ‘हिजो एक जना उफ्री उफ्री भाषण गर्दै थिए, हतियार बिसाएको मात्र हो भ्रम नरहोस्, चलाउन बिर्सेको छैन भनेर हामी चलाउन त चलाउँदैनौ तर बिसाउन लगाउन जानेका छौ ।


































