National life

प्राधिकरणका निर्देशक शाक्यद्वारा घिसिङलाई सामाजिक सञ्जाल मार्फत बधाई, शुभकामना

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ भदौ २०८२, मङ्गलबार
1.2kShares
प्राधिकरणका निर्देशक शाक्यद्वारा घिसिङलाई सामाजिक सञ्जाल मार्फत बधाई, शुभकामना
ncell

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्।

दक्षिण कोरियामा रहेका शाक्यले भदौ ३१ गते मंगलबार फेसबुकमा स्टाटस लेख्दै घिसिङको ऊर्जा मन्त्रालयमा पुनरागमनलाई सकारात्मक रूपमा स्वागत गरेका हुन्। उनले लेखेका छन्, “ऊर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङ ज्यू नयाँ नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई छ। सफल कार्यकाल र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै सम्पूर्ण ऊर्जा क्षेत्रकै सफलतासहितको समृद्ध नेपालको मंगलमय कामना गर्दछु।”

शाक्य र घिसिङबीचको सम्बन्ध विगतमा चर्चाको विषय बनेको थियो। अघिल्लो सरकारले घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउँदै शाक्यलाई नियुक्त गरेको थियो। त्यसबेला प्राधिकरणको नेतृत्व परिवर्तनलाई लिएर आलोचना मात्र होइन, घिसिङलाई हटाउने निर्णयविरुद्ध विभिन्न तहमा असन्तोष प्रकट भएको थियो।

साढे पाँच महिनापछि भने घिसिङ झन् बढी शक्तिशाली भूमिकासहित ऊर्जा मन्त्रालयको नेतृत्वमा पुगेका छन्। यसले ऊर्जा क्षेत्रमा नीति–निर्माणदेखि कार्यान्वयनसम्म उनको प्रभाव अझै बढ्ने देखिएको छ। घिसिङका समर्थकहरूले शाक्यको सामाजिक सञ्जालमै आएको बधाईलाई सकारात्मक सन्देशका रूपमा लिएका छन्। उनीहरूले दुवै शीर्ष नेतृत्वबीच सहकार्यको वातावरणले ऊर्जा क्षेत्रमा नयाँ आयाम सिर्जना गर्ने अपेक्षा पनि गरेका छन्।

नेपाल विद्युत् प्राधिकरणमा घिसिङको नेतृत्वमा देशले रातमा लोडसेडिङ अन्त्य गरेको इतिहास छ। त्यसपछि उनी ऊर्जा क्षेत्रमा ‘सुधारक’ छविका साथ लोकप्रिय बनेका थिए। शाक्य भने प्राधिकरणमा प्राविधिक दक्षता र व्यवस्थापकीय अनुभवका आधारमा उच्च तहमा पुगेका वरिष्ठ इन्जिनियर हुन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?