काठमाडौँ । अभियन्ता इःले ललितपुरमा पनि १०८ घण्टा उभिएर विरोध प्रदर्शन गर्ने भएको छन् ।
ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेलसम्मको फुटपाथमा व्यापार गर्न निषेध गरेपछि इःले त्यसको विरोध गर्न लागेको हो ।
इःले बुधवार दिउँसो ३ बजेबाट विरोधमा उभिएर दबाब दिने उनी निकट स्रोतले जनाएको छ । सामाजिक सञ्जालबाट विरोध गर्ने जानकारी गराउँदै इःले पुलचोकस्थित महानगरको कार्यालय अगाडि उभिएर विरोध गर्ने भएका हुन ।
साँझ–बिहान फुटपाथ निषेध गर्ने निर्णयबारे पुनर्विचार गर्नसमेत महानगरलाई आग्रह गरेका छन्। ‘सहर भनेको कार भएका मानिसलाई मात्र नभई सबैका लागि हो भन्ने यल (ललितपुर) को प्रयासलाई सबैले प्रशंसा गरेको छ, ।
सामाजिक सञ्जालमा लेखिएको छ, ‘सहरको आत्मा मार्दै रात र बिहानका फुटपाथ क्षेत्र हटाउने निर्णयप्रति पुनर्विचार गर्न आवश्यक छ।
यस अगाडि काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईःले ललितपुरमा पनि १०८ मिनेट उभिएर विरोध प्रदर्शन गर्ने भएका हुन् ।


































