National life

‘फोन पे’ को अध्यक्षमा सशिन जोशी नियुक्त, कम्पनीलाई थप उचाइमा पु¥याउने घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ मंसिर २०८०, बिहिबार
747Shares
‘फोन पे’ को अध्यक्षमा सशिन जोशी नियुक्त, कम्पनीलाई थप उचाइमा पु¥याउने घोषणा
ncell

काठमाडौं । देशकै अग्रणी भुक्तानी सेवा प्रदायक फोन पेको अध्यक्षमा सशिन जोशी नियुक्त भएका छन् ।

कार्यभार सम्हाल्दै जोशीले कम्पनीलाई थप उचाइमा पु¥याउने बताएका छन्। अध्यक्ष विश्वास ढकालले राजीनामा दिएपछि जोशी अध्यक्षपदमा नियुक्त भएका हुन् ।

संचालक समिति सदस्यका रुपमा विगत दुई वर्षदेखि फोन पेमा आवद्ध रहेका जोशीलाई कम्पनीले अध्यक्षपदमा नियुक्त गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
फोन पे नेपालको ठूलो मोबाइल पेमेन्ट नेटवर्क हो।

फोन पेका करिब १ करोड ८० लाख ग्राहक छन् । नेपालमा क्यूआर पेमेन्टको सुरुवात गर्ने पहिलो भुक्तानी सेवा प्रदायक फोन पे एफ्वान सफ्टको भगिनी संस्था हो । उनी २०१८ सम्म नबिल बैंकको सीईओ हुनुअघि एनआईसी एसिया बैंकको सीईओ थिए ।

जोशी एनआईसी एसिया बैंकभन्दा अगाडि एनआईसी बैंकमा पनि सीईओ थिए । ३५ वर्षभन्दा बढी समय बैंकिङमा रहेका जोशीलाई आजका बैंकरहरुले निकै धेरै मान्छन् ।

एग्रेसिभ बैंकिङ भन्दा पनि जोशीले कन्जरभेटिभ र कम्प्लाइन्स बेस बैंकिङ गर्दै आएका थिए । जोशी मदिरा उत्पादक जाउलाखेल ग्रुप अफ इन्डस्ट्रजिमा २०७५ कात्तिकदेखि कार्यकारी निर्देशकका रुपमा कार्यरत छन् ।

यो समाचार शेयर गर्नुहोस्
747SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?