National life

बजार किन निरन्तर घटिरहेको छ ? प्रधानमन्त्री र अर्थमन्त्रीको कारण देखाउँछन् विश्लेषक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ असोज २०८१, मङ्गलबार
707Shares
बजार किन निरन्तर घटिरहेको छ ? प्रधानमन्त्री र अर्थमन्त्रीको कारण देखाउँछन् विश्लेषक
ncell

काठमाडौँ। पछिल्लो समय पुँजी बजार निरन्तर ओरालो यात्रामा लम्किरहेको छ । भदौ २ गते ३०४८ बिन्दुमा पुगेको बजार भदौ ३१ गतेसम्म आइपुग्दा २५८० बिन्दुको हाराहारीमा ओर्लिएको छ ।

३२ सय परिसूचकको रेकर्ड तोड्ने आसमा रहेका लगानीकर्ता यति बेला पर्ख र हेरको अवस्थामा रहेका छन् । बजार गिरावटको परिणामस्वरूप धेरै लगानीकर्ताले अर्बौँको सम्पत्ति गुमाएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेप्से इन्डेक्सले आफ्नो उच्च विन्दुबाट करिब ५० प्रतिशतको गिरावटको सामना गरिसकेको छ। विशेष गरी वाणिज्य बैंक र विकास बैंक समूहमा ५० प्रतिशतको करेक्सन आएको छ।

शेयर बजारको प्रमुख शत्रु मानिएको बैंक ब्याजदर घटिरहेको छ । जसले पुँजी बजारमा सुधारको आशा पैदा गरेको थियो। असोज महिनामा मात्रै नौ वटा बैंकले ब्याजदर घटाएका छन्, जसको प्रत्यक्ष प्रभाव पुँजी बजारमा पर्नु स्वाभाविक थियो। तर, यसले पनि बजारमा सकारात्मक परिवर्तन ल्याउन सकेको छैन। बैंकिङ प्रणालीमा तरलता सहज हुँदा पनि नेप्सेमा यसको प्रभाव प्रतिविम्बित हुन सकेको छैन ।

सबै आधारहरू राम्रो हुदाँहुदैपनी बजार किन ओरालो लागेको हो ? भन्ने प्रश्नमा एक बजार विश्लेषकले परिचय नखुलाउन आग्रह गर्दै आर्थिक भ्वाईसलाई भनेका छन् ''बजारमा मनोमानी भएको छ, मनोमानी गर्नेहरूलाई सम्बन्धित निकायले कारबाही गर्न सकेन, गलत वा आधार विहीन कम्पनीको शेयरको मूल्यलाई माथि उचालेर संसद् भवनमा सांसदहरूले भाषण गरे, शेयर बजारमा चलखेल भयो, लगानीकर्ताको लगानी ध्वस्त भयो आदी इत्यादि भनेर त्यो कुनै सामान्य व्यक्तिले बोलेको होइनन् स्वतन्त्र सांसद अमरेशकुमार सिंह देखि प्रकाशशरण महत हुँदै माओवादी केन्द्रका नारायणी शर्मासम्मले हंगामा गरे त्यसको नकारात्मक असर लगानीकर्तामा पर्न गयो । फलस्वरुप नाफा कमाएका कम्पनीहरू धमाधम शेयर बेचेर आफू सुरक्षित बन्न तिर लागे लगानीकर्तामा निराशा छरपस्ट गरियो, बजारमा नकारात्मक भास्यको स्थापना गरियो जस कारण आजको स्थिति आएको हो ।''

उनी आफ्नो भनाइलाई थप स्पष्ट पार्दै भन्छन् 'बजारमा हल्ला मात्रै गरिएन मुख्य कुरा त ठुला लगानीकर्ता नभएको हाम्रो बजारमा यसैपनी हावाहुँधरिमा उड्ने अगानीकर्ताको बाहुल्यता ज्यादा छ । बजार सकिनै लाग्यो है भन्ने कानमा परेको मात्रै के थियो उनीहरू पहिरो नै आएको जसरी त्रसित भए एकाएक बजारबाट बाहिरिन थाले , आफूकहाँ भएको शेयर धमाधम बेच्न थाले त्यसले गर्दा बजारमा एकै पटक अपत्यारिलो ढङ्गले गिरावट आउनेक्रम बढेर गयो ।'

सरकाले मौद्रिक नीति ल्याउने समयमै बजारप्रति सम्भावित दुर्घटनाको आकलन गर्न चुकेको उनको भनाई छ ।  सरकार र लगानीकर्ता दुवैले विष्णु विष्णु भन्दै जपेर बसे पनि विष्णुले भने टुलुटुलु हेरेर जुगां मोर्सादै बसेको उनको आरोप छ । बजार न टेक्ने न समाउने ठाउँमा आएको छ यो अवस्था आउनुको मुख्य कारण नै सरकारको लापरबाही हो उनले सरकारप्रति आरोपित शैलीमा भनेका छन् ।

अब बजारमा कसैले टाउको दुखाएर केही हुनेवाला छैन, केही समय बजारको बाटो यस्तै अस्तव्यस्त नै हो । हावाहुरीको भरमा बजारमा सुधार आउने कुरा भएन केही समय यही परिस्थिति जेल्नुको विकल्प छैन । कमाउनेले कमाउने छन् गुमाउने ले गुमाई रहन्छन् जबसम्म प्रधानमन्त्री र अर्थमन्त्री शेयर बजारप्रति चिन्तित भएर लाग्दैनन् र सुधारको बाटो खोज्दैनन् तबसम्म बजारमा हरियाली देख्न पाइने वाला छैन बरु बजारले पुनः तीन वर्ष अगाडिको संकटकालीन अवस्थाकै सामाना गर्छ भन्ने देखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
707SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?