National life

बाढी पीडित जलविद्युतका माग छिटो पुरा गरिदिनुस् : इप्पान अध्यक्ष कार्की

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० भदौ २०८१, बिहिबार
829Shares
बाढी पीडित जलविद्युतका माग छिटो पुरा गरिदिनुस् : इप्पान अध्यक्ष कार्की
ncell

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयलाई बाढी पीडित जलविद्युतका माग पुरा गर्ने भए छिटो पुरा गरिदिन अन्यथा सक्दिन भनेर हात उठाउन आग्रह गरेका छन्। बुधवार मन्त्रालयमा भएको छलफलमा अध्यक्ष कार्कीले सरकारले आश्वासन मात्र दिएकाले पीडित आयोजना थप पीडामा पिल्सिनु परेको भन्दै माग पुरा नगर्ने हो भने सक्दिन भनेर हात उठाउनुपर्ने बताएका हुन् ।

बाढी प्रभावित आयोजनाले फोटो भिडियो सहितका प्रमाण ल्याएर मन्त्रालयमा पेश गरे, मन्त्रालयले दुई चार ठाउँमा सिफारिस पनि गर्‍यो । तर, राहत कसैले पाएनन्, कतैबाट केही पनि काम भएन ।' कार्कीले भने ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
२ वर्ष अघिसम्म आयोजनाको मर्मत सम्भारमा भन्सार छुट पाउँथ्यौ, अहिले त्यो व्यवस्था पनि अर्थ मन्त्रालयले हटाइदियो।

यसले गर्दा धेरै आयोजना प्रभावित भएका छन् । उनीहरूले २८ प्रतिशत अतिरिक्त रकम स्पेयर पार्टसमा खर्च गर्नुपरेपछि आयोजनाको वित्तीय अवस्था के हुन्छ रु खास गरी यसबाट बाढी प्रभावित आयोजना धेरै नै प्रभावित भएका छन् । उनीहरूले आयोजना पुनर्निर्माण नै गर्न सकेका छैनन् ।' उनले बाढी पीडित आयोजनाका विषय मात्र नभएर ऊर्जा क्षेत्रमा देखिएका विभिन्न समस्याहरू लिएर मन्त्रालयका मन्त्री, सचिव र सहसचिवहरूसम्म पटक पटक निवेदन गर्दा पनि माग पुरा नगरिदिएकोमा आक्रोश व्यक्त गरे ।

दैवी प्रकोप, विस्फोटक पदार्थको अभाव, रुस युक्रेन युद्धका कारण सामान आयातमा भएको अवरोध, वन तथा भूमिसँग सम्बन्धित समस्याका कारण तोकिएको समयमा कुनै पनि जलविद्युत आयोजना पुरा हुन नसकिरहेकोले सबै आयोजनाको आरसीओडी (व्यापारिक विद्युत् उत्पादन सुरु गर्नुपर्ने मिति) को म्याद २ वर्ष थप गर्न पटक पटक सबै निकायमा पहल गर्दा पनि काम नभएको बताए ।

एकातिर आरसीओडीको म्याद थप भएको छैन, अर्कोतर्फ आर्थिक वर्ष (आव) २०८४/८५ सम्म विद्युत् उत्पादन गर्न सकेन भने उक्त आयोजनाको बिजुली नेपाल विद्युत् प्राधिकरणले टेक एण्ड पे (लिएपछि मात्रै पैसा तिर्ने) व्यवस्था अन्तर्गत खरिद गर्ने उल्लेख गरिएको छ । यसले गर्दा बैंकले लगानीबाट हात झिक्दै छन् भने आयोजनामा अहिलेसम्म गरिएको लगानी खेर गई प्रवर्द्धकहरू टाट पल्टिने अवस्था आउँदै छ ।'  कार्कीले भने,  विविध कारणले आयोजना समयमा बन्न सकेनन्, यसमा आयोजना वा प्रवर्द्धकको मात्रै दोस छैन । त्यसैले यस्तो प्रावधान खारेज गरेर आरसीओडी थप गरिदिनुहोस् ।'

अध्यक्ष कार्कीले ४ वर्षदेखि रोकिएका करिब १३ हजार मेगावाट क्षमताका आयोजनाको पीपीए (विद्युत् खरिद विक्री सम्झौता) खुलाउनु पर्ने, जलवायु परिवर्तनका कारण हाइड्रोलोजीको समस्या बढ्दै गएकाले सबै आयोजनाको हाइड्रोलोजी पेनाल्टी खारेज गर्नुपर्ने, वन र भूमि सुधारका समस्या समाधान गर्नुपर्ने, २८ हजार ५०० मेगावाटको मार्गचित्र अघि बढाउनुपर्ने र विद्युत् विधेयकमा निजी क्षेत्रले उठाइरहेका प्रश्नहरूको उत्तर नखोजी विधेयक ल्याउन नहुने लगायतका विषयमा ऊर्जा मन्त्री दीपक खड्का, सचिव गोपालप्रसाद सिग्देल र वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

मर्मत सम्भारमा भन्सार छुट नदिँदा आयोजना फिँजिबल हुँदैनन् स् ऊर्जा मन्त्री खड्का ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले इप्पानले उठाएका सबै विषयवस्तुमा मन्त्रालय गम्भीर रहेको बताए । विद्युत् विधेयकमा निजी क्षेत्रको कुरा सुनेर नै अहिलेसम्म छलफलमै रहेको पनि खड्काले बताए । निजी क्षेत्रको कुरा समेटेर जाने भनेर नै हामीले त्यसलाई संसदमा लिएका छैनौ ।' उनले भने ।

भारतमा १० हजार मेगावाट बेच्ने सम्झौता भइसकेको, बङ्गलादेशमा ५ हजार मेगावाट निर्यातको कुरा पक्का पक्की जस्तै भएको र चीनमा पनि केही विद्युत् बेच्न सकिन्छ कि भनेर अध्ययन भइरहेको र सबै गरेर २० हजार मेगावाट विद्युत् बेच्न सकिने खड्काले बताए । मर्मत सम्भारमा प्रयोग हुने मेसिनरी उपकरणहरूमा भन्सार छुट नदिएपछि एउटै आयोजना २९ प्रतिशत महँगो हुँदा आर्थिक रूपमा सम्भाव्य नहुने पनि मन्त्री खड्काले बताए ।

त्यस्तै उनले निःशुल्क विद्युतको विषय पनि गम्भीर रहेको बताए । अहिले विदेशी लगानीमा बनेका ठुला आयोजनाबाट २१.९ प्रतिशत निःशुल्क विद्युत् पाइरहेका छौ । अहिले आएर  साना आयोजनामा पनि यो अभ्यास गर्नेवारेमा छलफल चलिरहेको छ ।' ऊर्जा मन्त्री खड्काले भने , उसै पनि विद्युत् आयोजनाको लागत उच्च छ, त्यसैमा फ्री इनर्जीको कुरा सम्भव देखिँदैन ।' अनुमति पत्रको अवधि ३०/३५ वर्ष भने पनि एउटा प्रवर्द्धकले मुस्किलले २७/२८ वर्ष मात्रै आयोजना चलाउन पाउने पनि खड्काले बताए ।

ऊर्जा सचिव गोपाल प्रसाद सिग्देलले बाढी पीडित आयोजनाले भन्सार छुट लगायतका सुविधा पाउने विषय अर्थ मन्त्रालयसँग जोडिएका कारण ऊर्जा मन्त्रालयले सिफारिस गर्दा पनि अर्थ मन्त्रालयले सहमति नदिएको बताए । मर्मत सम्भारमा भन्सार छुट दिने विषय समावेश गर्न ऊर्जा मन्त्रालयबाट यो वर्षा पनि बजेटमा सुझाव दिएको तर अर्थ मन्त्रालयले नराखेको पनि सिग्देलले दाबी गरे । उनले विगतमा आरसीओडीको म्याद थप गर्ने विषय आफूले नै सिफारिस गरेको भन्दै यसलाई निकास दिने प्रतिबद्धता पनि जनाए ।

छलफलको क्रममा वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले जलविद्युत आयोजनाहरू विस्फोटक पदार्थको अभाव, वित्तीय व्यवस्थापनमा ढिलाइ, वित्तीय व्यवस्थापन भएपनि पैसा निकासा हुन नसकेका लगायतका कारणले पनि निर्माणमा ढिलाइ भएको बताए । उनले सरकार पेनाल्टी लिएर धनी नहुने भन्दै आरसीओडीको म्याद थप गर्ने विषयमा मन्त्रालय सकारात्मक नै रहेको बताए ।

त्यस्तै उनले २०७२ को ऊर्जा संकट निवारण कार्य योजना अनुसार २०८४/८५ सम्म विद्युत् उत्पादन नगरे टेक एण्ड पे हुने प्रावधान राखिएको भन्दै त्यही प्रावधानका कारणले बैकले पैसा नहाल्ने जोखिम रहेको स्वीकारे । त्यसका लागि निजी क्षेत्रका त्यस्ता आयोजनाले छुट्टाछुट्टै निवेदन दिएर त्यो प्रावधानलाई २०८९/९० सम्म बनाउने प्रयास गर्ने अधिकारीले बताए ।

यो समाचार शेयर गर्नुहोस्
829SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?