काठमाडौँ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आज दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ को उद्घाटन गर्दै प्राकृतिक जोखिमबाट हुन सक्ने उच्च जोखिमबाट बच्न आवश्यक रहेको बताएका छन्।
अर्थमन्त्री पौडेलले जोखिमबाट बच्न आवश्यक रहेको बताउँदै पुँजी निर्माणमा समेत बीमा क्षेत्रको योगदान रहनुपर्ने र रहँदै आएको चर्चा गरेका छन् । पौडेलले सरकारले लिएका नीतिका कारण बीमाको दायरा बढ्दै गएको धारणा राखेका छन् । जोखिम न्यूनीकरणमा बीमाले सहयोग गर्ने भन्दै सहुलियतपूर्ण कर्जाको बिस्तारका लागि बीमा क्षेत्रलाई प्राथमिकताको साथ हेरिरहेको बताएका छन् ।
साथै, बीमा क्षेत्रको नियमन प्रभावकारी बनाउन सरकारले उच्च प्राथमिकतामा राखेको समेत अर्थमन्त्री पौडेलले बताएका छन् । उनले इन्स्योरेन्स डिस्कोर्श फलदायी बन्नेमा आफू ढुक्क रहेको भन्दै शुभकामना समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा नियामकीय निकाय, नेपाल बीमा प्राधिकरण बैंक तथा वित्तीय क्षेत्र, सञ्चार क्षेत्र तथा सूचना प्रविधि क्षेत्रका विज्ञ तथा अन्य क्षेत्रको व्यक्तित्वहरूको उपस्थिति रहेको छ ।


































