काठमाडौँ । लामो समयदेखि संसद बहिष्कार गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आज पनि संसद् बैठकबाट बाहिरिएका छन्।
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै गत जेठ १३ गतेदेखि संसद्मा विरोध गर्दै आएका उनीहरूले आज पनि आफ्ना भनाई राखेर संसद् बैठकबाट बाहिरिएका छन् ।
बैठकमा रास्वपा सांसद असिम साहले भिजिट भिसाको नाममा भएको मानव तस्करको फाइल कहाँ पुग्यो भन्दै प्रश्न गरेका छन् । भ्रष्टाचारको अडियो बाहिरिएको र घुस मागेको प्रमाण आउँदा पनि राजीनामा दिएपछि सबै पखालिएको हो भन्दै साहले प्रश्न गरेका छन्।


































