National life

महासंघको १३ औं वाषिकोत्सव : अर्थतन्त्र चलायमान बनाउन एसएमईज र रिभर्स माईग्रेसन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ वैशाख २०८२, बुधबार
597Shares
महासंघको १३ औं वाषिकोत्सव : अर्थतन्त्र चलायमान बनाउन एसएमईज र रिभर्स माईग्रेसन
ncell

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले अहिलेको अवस्थामा देशको अर्थतन्त्र चलायमान बनाउन साना तथा मझौला उद्योग र रिभर्स माईग्रेसनलाई प्राथमिकता दिनुपर्ने बताएको छ ।

महासंघको १३ औं वाषिकोत्सवको अवसरमा बोल्दै महासंघका अध्यक्ष भागिरथ सापकोटाले अहिलेको अवस्थामा देशको अर्थतन्त्र चलायमान बनाउन वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई उनीहरुको सिप अनुसार उद्यमशिलता विकास गर्नुका साथै साना तथा मझौला उद्योगको पुर्नउत्थानलाई प्राथमिकता दिनुपर्ने बताए । ‘अर्थतन्त्रको मेरुदण्ड भनेको साना तथा मझौला उद्योग हुन तर अहिले तिनै उद्योग सबैभन्दा बढी पीडामा छन्,’ उनले भने, ‘सरकार र निजी क्षेत्रको सहकार्यमा ती उद्योगहरुलाई रिभाईभ नगरेसम्म देशको समग्र अर्थतन्त्र चलायमान हुन सक्दैन ।’

यसैगरी अबका दिनमा एक गाउ दश उद्यमीको नीतिलाई अघि बढाउनुपर्ने समेत उनले जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘एक गाउ दश उद्यमी नेपाल उद्योग तथा व्यवसायी महासंघले अघि सारेको रोजगारी र उत्पादनमुलक कार्यक्रम हो । यसले उत्पादन र रोजगारीलाई प्रत्येक गाउ–गाउ सम्म पुर्याई स्थानीय उत्पादनलाई बढ्न दिनुका साथै रोजगारी प्रबर्धन गर्ने र स्वदेशमै केही गरि खाने व्यवस्था गर्छ,’ उनले भने, ‘यस कार्यक्रमले रोजगारीका लागि बिदेशमा गएका नेपालीहरुलाई आफ्नो स्थलमा फर्कि सम्मानजनक जिवनयापन गर्न सक्ने बनाउने अर्थात रिभर्स माईग्रेशनलाई प्रोत्साहन गर्छ ।’

यसैगरी राजनीतिक स्थिरता नभएसम्मका लागि कन्भर्ज इकोनोमी नीति अर्थात सबै राजनीतिक दलले लिएका आर्थिक नीतिहरुलाई एउटै वास्केटमा राखेर कार्यान्यवयनमा लैजानुपर्ने बताए । अहिलेको अवस्थामा विभिन्न राजनीतिक दलले लिएका आर्थिक नीतिलाई एउटै बास्केटमा राखेर ग्रामिण अर्थतन्त्रको गजमा अघि बढाई देशको अर्थतन्त्रलाई गतिशिल दिने नीति अंगिकार गर्नुपर्ने उनको भनाई थियो । साथै सरकारको अब आउने बजेटले ग्रामीण अर्थतन्त्रलाई प्रोत्साहन दिई स्थानीय उत्पादन र रोजगारीलाई प्राथमिकता दिनुपर्ने समेत उनको भनाई थियो ।

यसैगरी महासंघले आफ्नो १३ औं बार्षिकोत्सव आफ्नै केन्द्रिय कार्यालयमा केक काटेर मनाइएको थियो । महासंघका इन्चार्ज रचना खड्काको प्रमुख आतिथ्यतामा महासंघले आफ्ना पदाधिकारी तथा केन्द्रिय सदस्यको उपस्थितीमा बार्षिकोत्सव मनाएको थियो । सो अवसरका इन्चार्ज खड्काले अहिले महासंघले समग्र उद्योगी व्यवसायीको हितका लागि काम गरिरहेको भन्दै अवका दिनमा उद्योगी व्यवसायीको लिडर संस्थाको रुपमा आफुलाई स्थापित गराउनुपर्ने बताईन ।

‘अहिले महासंघले जसरी उद्यमी व्यवसायीको एजेन्डा उठान गर्दै समाधानका लागि सरकारसँग जसरी पहल गर्दै आएको छ त्यो एकदमै सह्रानीय छ,’ उनले भनिन्, ‘अबका दिनमा समग्र उद्योगी व्यवसायीका साथै पार्टीलाई बलियो बनाउन महासंघले नेतृत्वदायी भुमिका खेल्नुपर्छ ।’

यो समाचार शेयर गर्नुहोस्
597SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?