National life

मुस्किल र मेहनतका बीचमा लेखिएको कथा 'हाम्रो बैंकिङ यात्रा'

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३२ असार २०८२, बुधबार
622Shares
मुस्किल र मेहनतका बीचमा लेखिएको कथा 'हाम्रो बैंकिङ यात्रा'
ncell

काठमाडौं । चर्चा तिनैका हुन्छ जुन कुरा सतहमा आउँछ । वा चर्चामा आउँछ तर कतिपय पर्दा भित्रै रहेका त्यस्ता भोगाइ र कथाहरू छन् जुन देखिन लेखिन धेरै नै   बाकी छ । त्यस्तै मध्येको एक क्षेत्र हो बैंकिङ ।

हामी धरैलाई बैंकिङ क्षेत्रमा काम गर्ने बैंकर देखेपछि वाउ लाग्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अझ आफ्नै साथीहरूले बैंकिङ्ग क्षेत्रमा काम गरेको देख्दा पनि आफूलाई बैंकमा नै काम गर्नुपर्छ भन्ने सोच आउँछ वा जिन्दगी त उसको जस्तो हुनुपर्छ भनेर तारिफ गर्छौ । आफ्नै  ‘साथीभाइहरू टाई सुटमा हिँडेको देख्दा बैंकमा जागिर गर्नुपर्छ सोच दिमागमा जोकोहीको लाग्छ होला तर बैंकर पेशा आफैमा सहज र सरल भने पक्कै छैन । हुन त कुनै पनि काम ठूलो सानो वा राम्रो नराम्रो हुँदैन भन्ने प्रचलन व्याप्त छ तर पेशा व्यवसाय अनुसार त्यसको भार कम बढी भने जरुर छ ।

किसानले मानो रोपेर मुरी थन्क्याउने सिजन जस्तै, आर्थिक वर्षभरि बैंक र बैंकरहरुको चटारो कम छैन । त्यसमाथि असारे भाका गाउँदै साथीभाइ हिलाम्मे बनेर धान रोप्नुजस्तो सहज पनि छैन बैंकर हुनलाई यी र यस्तै भोगाइ समेटेर बैंकर रवीन्द्र ढकालले लेखेको संस्मरण प्रस्तुत छ ।

मुस्किल र मेहनतका बीचमा लेखिएको कथा — हाम्रो बैंकिङ यात्रा :

मानो रोपेर मुरी थन्क्याउने किसान जस्तै, यो आर्थिक वर्षभरि हामी सबैले गरेको अथक प्रयास, पसिना र धैर्यलाई आज आत्मसमीक्षा गर्ने समय हो। कतिले लगभग लक्ष्य भेटिसके, कतिले अझै प्रयासरत छन् — हुन त लक्ष्य त कहिल्यै पूर्ण हुँदैन, जति गरे पनि अझ अगाडि बढ्नुपर्ने नै हुन्छ।

तर, अब यो आर्थिक वर्ष लगभग टुंगिनै लागेको छ जति गरियो । अघिल्लो वर्षभन्दा राम्रै गर्न प्रयास गरियो भन्ने सोच्दै, हाँस्दै, मुस्कुराउँदै!

अहिले व्यवस्थापन र सेयरधनीहरू सोचमा हुनुभएको होला। व्यवस्थापनले भन्दै होला, “गत वर्षभन्दा त राम्रै भयो त!” भन्ने मनस्थितिसहित, कति बोनस दिने स्टाफलाई, कति डिभिडेन्ड दिने सेयरधनीलाई — अनि अर्को वर्ष अझ राम्रो नतिजा ल्याउने रणनीति बनाउने अवसर यही हो।

स्टाफहरू भोलि बिहानै मोबाइलमा बोनसको सूचना आउला कि साँझ — भन्ने उत्सुकतासहित, आफूले गरेको मेहनतको फल लिन तयार छन्। यी सबै प्रयासहरूको पछाडि एउटै उद्देश्य छ — बैंक, ग्राहक, र हामी सबैको समृद्धि।

साझा मेहनतले यो वर्षलाई अघिल्लो वर्षभन्दा राम्रो बनाउनु पर्ने हो — जुन माहोल अहिले देखिँदैछ,

सबै आन्तरिक र बाह्य तथ्यांकले पनि त्यसै भन्छ।

राष्ट्र बैंकको नीतिले व्यवसायी, बैंक, रिटेलर, सेयर बजार — सबैले केहि न केहि राहत पाएका छन्,

यो पनि सकारात्मक संकेत नै हो। अहिलेको चुनौती र अवसरलाई बुझेर अघि बढ्न सके, आउँदो आर्थिक वर्ष झन् राम्रो हुनेमा पूर्ण विश्वास छ।

यो समाचार शेयर गर्नुहोस्
622SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?