काठमाडौँ। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफ्नो नाम जोडिएको विषयमा आपत्ति जनाएका छन् ।
खतिवडाले समितिमा संलग्न नभए पनि आफू नाम जोडिएको भन्दै उक्त विषयमा स्पष्ट प्रतिक्रिया दिएका छन्। उनले सुरुदेखि नै दुई वर्षको कुलिङ पिरियड राख्नुपर्ने अडानमा रहेको र अहिलेसम्म त्यसमा अडिग रहेको बताए।
खतिवडाका अनुसार, कानुन मन्त्रालयको सचिव र समितिका सचिवको संलग्नतामा विवादास्पद काम भएको महसुस गरेको उनले बताए।
सभापति खतिवडाले आफ्नो निष्ठा र इमानदारितामाथि प्रहार भएको आरोप लगाउँदै आफू कुनै पनि बदमासीमा संलग्न नभएको दाबी गरे। ‘म जुनसुकै तहको कारबाही भोग्न तयार छु’, उनले भने ।
खतिवडाले छानबिन गर्नुपर्ने र गलत निर्णय गलत रूपमा व्याख्या गरेको आरोपलाई गम्भीर अपराध भनेका छन् । उनले भने तत्कालीन समितिका सदस्य एवम् शिक्षामन्त्रीबारे भने, रघुजी पन्तले विधेयक लागू भइसकेपछि ३५ दिनपछि राखौँ भनेका थिए, तर मैले तत्काल लागू हुने प्रस्ताव गरेको थिएँ ।’
सभापतिले आफ्नो राजनीतिमा कसैको निगाहाले नभई निष्ठा र प्रतिष्ठामा आधारित भएर आएको स्पष्ट पारेका छन् साथै यस विषयमा संसदीय छानबिन समिति बनाएर अनुसन्धान गर्न अनुरोध गरेका छन् ।


































