National life

मेरो सम्पूर्ण ध्यान विकास गर्ने र देशलाई कसरी अगाडि लैजाने भन्नेमा छ: प्रधानमन्त्री ओली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ माघ २०८१, सोमबार
494Shares
मेरो सम्पूर्ण ध्यान विकास गर्ने र देशलाई कसरी अगाडि लैजाने भन्नेमा छ: प्रधानमन्त्री ओली
ncell

काठमाडौँ । नेपाल आयातको चापमा परिरहेको समयमा प्रधानमन्त्री केपी ओलीले नेपालको इतिहास गौरवपूर्ण रहेको स्मरण गर्दै अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण र आधार नरहेको बताएका छन् ।

आज युवासँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले केही समय नेपाल पछाडि परेको भए पनि अब प्रविधिको प्रयोग र विकासबाट नेपाल अरू मुलुक भन्दा अगाडि जान सक्ने बताए।

उनले नेपालमा सबै खाले विकास गर्नका लागि प्रविधिको पहुँच रहेको र नेपाली युवाहरूले देश विकासका लागि प्रविधिको माध्यमबाट धेरै कुराहरू गर्न सक्ने उनको भनाइ छ । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आत्मविश्वासका साथ काम गर्दा सफलता पाइने भन्दै विद्यार्थीलाई पनि आत्मविश्वास राखेर देश बनाउन सकिन्छ भन्ने भावका साथ अध्ययन गर्न उनको आग्रह छ ।

अहिलेको सरकारको ध्यान तीव्र विकासको काममा रहेको बताउँदै प्रधानमन्त्री ओलीले अहिलेको सरकारको ध्यान तीव्र विकास, आजका बालबालिकाहरूलाई ठिक ढङ्गले हुर्काउने, उनीहरूलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने भन्नेमा केन्द्रित रहेको बताए।

‘हामी पछाडि पर्नुपर्ने कुनै पनि कारण छैन । हामीले आत्मविश्वास राख्नुपर्दछ। अब हामी पछाडि पर्नुहुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘म देशको प्रधानमन्त्रीको हैसियतले नानीबाबुहरुलाई भन्न चाहन्छु, मेरो ध्यान, मैले नेतृत्व गरेको सरकारको ध्यान सम्पूर्ण रूपमा आज विकास गर्ने, तीव्र विकास गर्ने, आजका बालबालिकाहरूलाई ठिक ढङ्गले हुर्काउने, उनीहरूलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने, ग्लवोल्ली उनीहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने र हामी अगाडि छौँ, हामीसँग हाम्रा महान् पुर्खाको जेनेटिक मेमोरी छ।’

यो समाचार शेयर गर्नुहोस्
494SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?