National life

‘मौद्रिक नीतिको समीक्षाले थोरै आसा जगाएको छ, तर यो प्रयाप्त छैन् ’

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ मंसिर २०८०, बुधबार
525Shares
‘मौद्रिक नीतिको समीक्षाले थोरै आसा जगाएको छ, तर यो प्रयाप्त छैन् ’
ncell

काठमाडौं । पछिल्लो तीन दिनदेखि शेयर बजारले नयाँ कीर्तिमानी कायम गरिरहेको छ । लामो समयदेखि थला परेको शेयर बजार र उठ्न नसकेको अर्थतन्त्रका कारण चरम निराशामा रहेका लगानीकर्ताको निराशालाई दूर बनाउँदै शेयर बजारका सबै उपसूचकमा हरियाली छाएको छ ।

शेयर बजारमा हरियाली छाएसँगै कारोबार गर्ने कम्पनी र लगानीकर्ताको मोह ह्वात्तै बढेको तथ्याङ्कले देखाएको छ । मङ्गलवार मात्रै कारोबार भएको २९७ कम्पनीको १ करोड २४ करोड ६३ लाख १६८ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ९० लाख १९ हजारको कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसरी लामो समयको पर्खाई पछि फर्किएको सेयर बजारमा देखिएको सकारात्मक पक्षको आगामी यात्रा कस्तो हुन सक्छ ? राष्ट्रबैंकले गत शुक्रवारका दिन सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षाले बजारमा कस्तो प्रभाव पारेको मान्न सकिन्छ ? भनेर आर्थिक भ्वाईसले अर्थशास्त्री डा.डिल्लीराज खनाललाई प्रश्न गरेको छ ।

अर्थशास्त्री खनालको अनुसार मौद्रिक नीतिको समीक्षाले थोरै मात्रामा आस जगाएको भए पनि पुन यसलाई समाधान मान्न नसकिने बताएका छन् ।

खनालले अर्थतन्त्र उत्पादनशील नभएको कारण आर्थिक,सामाजिक रूपान्तरण पनि ठिक ढङ्गले नभएको बताएका छन् । । उत्पादकत्व र बचतमा कमी तथा अनुत्पादक लगानीले अर्थतन्त्रको अपेक्षित विस्तार नहुँदा गरिबी देश झनै समस्याग्रस्त अवस्थामा पुगेको उनको दाबी छ । नेपालमा भएका  संरचना र व्यवस्था  अर्थतन्त्रको विस्तार र विकासका लागि अनुकूल हुन नसकेको खनालको आरोप छ ।

अहिले उद्योग व्यवसाय चलायमान हुन नसकेको अवस्थामा मौद्रिक नीतिको समीक्षाले केही मात्रामा राहत प्रदान गरेजस्तो देखिए पनि त्यो पूण समाधानको पक्षमा नरहेको कारण राष्ट्रबैंकले पुनःविचार गर्नुपर्ने खनालको भनाई छ ।

अर्थतन्त्र दिनप्रतिदिन खस्किएको अवस्थामा केही खुसी थप्ने काम गरेको पक्ष सकारात्मक भए पनि नेपालको अर्थतन्त्रको समग्र विकासका निम्ति दीर्घकालीन समाधान आवश्यक रहेको स्मरण गराउँदै राष्ट्रबैंकलाई पुनःविचार गर्न खनालले आग्रह गरेका छन् ।

उनी भन्छन् अहिले राष्ट्रबैकले रियल स्टेट र स्टक एक्सचेन्जलाई मुख्य फोकस गरेर अलिकति सुधार गरेर लैजान खोजेको जस्तो देखिन्छ तर त्यो पर्याप्त छैन नेपाली जनताको आखामा छारो हाल्ने काम राष्ट्रबैकले गर्नुहुँदैन मैले दोहोराएर भन्छुु त्यहाँ दीर्घकालीन समाधान देखिँदैन।

बैंकले उत्पादनसँग जोडिएका क्षेत्रमा विशेष सुविधा वा छुट दिने व्यबस्था गरिनु पर्नेमा आलटालको व्यवहार देखाएको खनालको आरोप छ । राष्ट्रबैंकले उत्पादन क्षेत्रमा लगानी गर्न कन्जुस्याइँ गरेको देखियो। लगानीकर्ता र आम नागरिकले जति यसको अपेक्षा राखेका थिए त्यति समाधान देख्न सकिएन यसकारण पनि राष्ट्र्बैंकले पुनर्विचार गर्नुपर्छ भन्ने ठान्दछु। खनालले आर्थिक भ्वाईससँग भनेका छन् ।

अहिले राष्ट्रबैकले रियल स्टेट र स्टक एक्सचेन्जलाई मुख्य फोकस गरेर अलिकति सुधार गरेर लैजान खोजेको जस्तो देखिन्छ तर त्यो पर्याप्त छैन नेपाली जनताको आखामा छारो हाल्ने काम राष्ट्रबैकले गर्नुहुँदैन मैले दोहोराएर भन्छुु

उत्पादनशील क्षमता मानवीय पूँजी र स्रोतसाधनको विकाससँग जोडिन्छ। शिक्षा, स्वास्थ्य, उद्योगी व्यवसायीको क्षमता, सूचना प्रविधिको विकास तथा संस्थागत संरचनागत परिपाटी उत्पादनशीलताका आधारभूत पक्ष हुन्। हाम्रो जस्तो अर्थतन्त्रमा जनसाङ्ख्यिक लाभ लिने पक्ष अझ महत्त्वपूर्ण हुन्छ खनालले भने ।

अर्थशास्त्री खनाल भन्छन् ‘युवा जनशक्तिलाई सही तरीकाले उपयोग गरे विकासमा छलाङ मार्न सकिन्छ। उत्पादित वस्तुको बजार पहुँचले उत्पादनशील क्षमतासँग विशेष सम्बन्ध राख्छ। मानवीय पूँजी र क्षमता विकाससँगै अवसर पनि सिर्जना गरिनुपर्छ जुन आर्थिक सामाजिक रूपान्तरणसँग जोडिएको हुन्छ। उत्पादकत्व वृद्धि र अर्थतन्त्रको रूपान्तरण परस्पर सम्बद्ध हुन्छन्।

त्यस्तै उत्पादकत्व र जनशक्ति विकास गर्न निजी क्षेत्रको लगानी आवश्यक छ। भएका संस्था र संरचनाहरूलाई उत्पादनमूलक काममा निर्देशित गर्नुपर्ने हो तर त्यसो गरेको पाईदैन। बैंकिंग क्षेत्रले अहिले देशको कुल गार्हस्थ्य उत्पादनभन्दा धेरै लगानी गरिसकेको छ। तर, त्यसले अर्थतन्त्रमा कति लाभ दियो ? सामान्य मान्छेको कर्जामा पहुँच छ कि छैन ? यी प्रश्न अर्थपूर्ण छन्। यसमा राष्ट्रबैंको ध्यान पुगेको मान्न सकिँदैन ' खनालले निराशा सहितको अभिव्यक्ति दिएका छन् ।

आज देखाएको थोरै सहजता र सुविधाको कारण हामीले फेरी पुरानै अवस्थामा फर्कनुपर्ने पो हो कि भन्ने चिन्ता लागेको छ ।

अर्थशास्त्री खनालले बजारलाई प्रतिशतको आधारमा हेर्ने हो भने पनि  ३०, ३५ प्रतिशत भन्दा बढी कारोबार भएको नदेखिने उल्लेख गरेका छन् । व्यवसाय एकदम सकसमा छ। व्यवसायीहरू निकै निराशामा छन्। दैनिक रूपमा १ रुपैयाँको  व्यापार, कारोबार नहुनेहरु पनी छन् । आजको क्षणिक खुशीले शेयर बजारमा लागेको हरियालीले फेरि पुरानै रोगतिर जान्छकि भन्नेमा म चिन्तित छु । नेपालको अर्थतन्त्रको हकमा रियल स्टेटलाई विभिन्न ढगंले आफ्नो पक्षमा पार्ने प्रवृत्ति पुरानै हो खनालले चिन्ता मिश्रित आरोप लगाएका छन् ।

हाम्रो मुख्य समस्या भनेकै क्राइसिस हो। एकपछि अर्को रियल स्टेटमा लगानी गर्ने भनेको समयमा पैसा नउठ्ने र अर्थतन्त्रको उत्पादन र उत्पादकत्व क्षेत्रमा लगानी नहुने यहीँ कारण हामीले चरम अभावको सामना गर्दै आएका छौ। आज देखाएको थोरै सहजता र सुविधाको कारण हामीले फेरी पुरानै अवस्थामा फर्कनुपर्ने पो हो कि भन्ने चिन्ता लागेको छ ।

हाल घरजग्गा कारोबारमा आएको सहजता , बैंकको घट्दो ब्याजदर , लगानीकर्तामा देखिएको नयाँ उत्साह र खुसी सकारात्मक पक्ष भएको बताउँदै यसलाई निरन्तर कायम राख्न राष्ट्रबैंक थप खुकुलो बन्नुपर्ने खनालको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
525SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?