National life

‘म सीआईबीकोमा उभिँदा विश्वभरि के सन्देश जान्छ' राज्यको हेक्का हुनुपर्थ्यो : सांसद चौधरी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ चैत २०८०, बिहिबार
506Shares
‘म सीआईबीकोमा उभिँदा विश्वभरि के सन्देश जान्छ' राज्यको हेक्का हुनुपर्थ्यो : सांसद चौधरी
ncell

काठमाडौँ । उद्योगपति तथा नेपाली काँग्रेसका सांसद विनोद कुमार चौधरीले आफू सीआईबीमा बयानका लागि उभिँदा संसारभर गलत सन्देश सम्प्रेषण भएको जनाएका छन् ।

बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा अतिक्रमण प्रकरणमा मुछिएका चौधरीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) मा आज बिहीबार बिहान बयान दिएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले आफू निर्दोष हुँदा हुँदै पनि सीआईबीमा बयानका लागि उभिँदा विश्वभर गलत सन्देश फैलिएको बताएका छन्।

सञ्चारकर्मीहरूसँगको कुराकानीमा चौधरीले भने , ‘म जत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदा खेरि नेपालभरिका र विश्वभरिका युवाहरूले, नेपालका रोजगारदाताहरूले, करदाताहरूले कुन सन्देश आफ्नो मनमा लिएर जाने हुन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो ।

यस्तै उनले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु नपर्ने बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले भने, ‘मैले मेरो ४५ वर्षको यात्रापछि आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन।’ उनले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका छन् । आफू नवलपरासी पश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसद भएको र आफ्नो भूमिका त्यही रूपमा अगाडि बढाएको उनको भनाइ छ ।

सरकारको नाममा रहेको बाँसबारी छाला जुत्ताको १० रोपनी जग्गा विनोद चौधरीसमेत सञ्चालक रहेको च्याम्पियन फुटवेयर लिमिटेडको नाममा गैर कानुनी रूपमा ल्याएको खुलेपछि चौधरी अनुसन्धानमा तानिएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
506SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?