काठमाडौँ । रसुवामा मङ्गलवार बिहान उर्लिएर आएको बाढीले वितण्डा मच्चाउँदा करोडौँको क्षति भएको छ । ल्हेन्दे खोला र भोटेकोशीले आसपासका क्षेत्रमा ठुलै जनधनको क्षति गरेको छ । उक्त घटनामा हालसम्म अहिलेसम्म ९ जनाको शव भेटिएको छ। भने अझै १८ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।
उद्धार टोलीले बेपत्ता भएकामध्ये ९ जनाको शव फेला पारेको हो । उनीहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । बाढीमा परी अझै १८ जना बेपत्ता छन् । ल्हेन्दे खोलामा सोमबार राति आएको बाढी पहिरोमा फसेका ५७ जनाको उद्धार गरिएको थियो । तीमध्ये हेलिकोप्टरबाट ३० जना र टिमुरे इलाकासहितबाट २७ जनाको उद्धार गरिएको हो ।
सोमबार रातीको भारी वर्षा र भोटेकोशी नदीमा आएको बाढीले चीनसँगको व्यापारिक सम्पर्क टुटेको छ । दैनिक रूपमा करोडौँ रुपैयाँ बराबरको सामान आयात हुने रसुवागढी नाकाबाट दैनिक रूपमा प्रयोगमा आउने फलफूल, केही मात्रामा खाद्यान्न र तयारी पोशाक तथा विद्युतीय सवारी साधन (ईभी) आयात हुने गरेको छ ।
https://aarthikvoice.com/archives/60551
त्यसका साथै, नेपालमा निर्माणाधीन जलविद्युत आयोजनाका लागि आवश्यक उपकरण, खेलौना लगायत अन्य सामान उक्त नाका हुदैँ आयात हुने गरेको थियो । हालसम्मको उक्त भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० भन्दा बढी संख्यामा गाडीहरू बाढीले बगाएको प्रारम्भिक अनुमान रहेको प्रहरी प्रशासनको भनाई छ । तथापि यकिन तथ्याङ्क संकलनको काम भइरहे प्रशासनको भनाइ छ ।
यसरी अरबौँको सम्पत्ति खोलामा बग्नुले नेपालको अर्थतन्त्रमा ठुलो खाडल परेको नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष राजेन्द्र मल्लले बताएका छन् । मल्लले भोटेकोशी नदीमा आएको बाढीले धेरै व्यवसायीहरूलाई निराश बनाउनुको साथै, नेपालको समग्र व्यापारमा गिरावट आउनुको साथै भएका सामानको समेत मूल्य बढ्न जाने बताएका छन् ।
आर्थिक भ्वाइससँग कुराकानी गर्दै आर्थिक पूर्व अध्यक्ष मल्लले एउटै गाडीमा करोडौँको सामान चीनबाट आयात हुने गरेको र ती गाडीहरू सामानसहित हराएका बगेको कारण क्षतिको अनुमान अकल्पनीय भएको बताएका छन् । यसको तत्कार असर देखा नपरे पनि यसले मुलुकको व्यापार व्यवसायमा ठुलो नोक्सानी पारेको बताएका छन् ।
https://aarthikvoice.com/archives/61794
हाम्रो नागरिकले ज्यान गुमाएको कुरा आफैमा दुखद छ । त्यसमाथि हाम्रो देशको लगानी मिसिएको , हाम्रो व्यवसायीको अरबौँको सम्पत्ति खोलामा बगेको छ । यसले व्यवसायीलाई ठुलो चोट परेको छ । यसले भोली व्यवसायी नै यस किसिमको व्यवसायबाट पलायन हुन सक्ने त्रास बढाएको छ । यो निकै दुख लाग्दो छ यसको असर शब्दमा व्यक्त गर्न सकिदैन् । अध्यक्ष मल्लले भने ,
उत्तरी नाका मार्फत हुने व्यवसायमा सोमबार बिहान आएको बाढीले निकै ठुलो नोक्सानी पुर्याएको छ । सरकारले यस नाकाबाट निर्यात हुँदै आएको सामाग्रीलाई तत्काल तातोपानी नाका हुँदै ल्याउने व्यवस्था मिलाउन जरुरी छ । उक्त नाका निकै जटिल मानिएको कारण त्यस नाका मर्मत सम्भार गर्ने काममा राज्यको ध्यान जान जरुरी छ । तातोपानी नाका मार्फत नियमित आयातलाई सञ्चालन गरेर रसुवा नाकामा पुगेको क्षतिमा राज्यले छिमेकी राष्ट्र चीनसँग समन्वय गरेर पुनः निर्माण, मर्मतको काममा ठुलो शक्ति लगाउन जरुरी छ । मल्लले भने ।
मल्लका अनुसार अहिले व्यवसायीको मनोमल कमजोर भएको र उनीहरूको खरबौँको सामान बाढीमा मिसिएको कारण यसले नेपाली बजारमा महँगी बढ्न जाने विषय त छदै छ त्यसबाहेक अन्य दीर्घकालीन समस्या आउने सम्भावना पर्याप्त रहेको स्मरण गर्दै सरकारले व्यवसायीको मनोबल बढाउने र पुन उहाँहरुको व्यवसायमा प्रोत्साहन गर्न जरुरी रहेको सुझाव दिएका छन् ।
https://www.youtube.com/watch?v=mZWKx3-vfZ4
विसं २०७२ देखि पूर्ण रूपमा सञ्चालनमा आएको रसुवागढी नाका मार्फत चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म मात्रै ८० अर्ब रुपैयाँ बराबरको सामग्री आयात भएको तथ्यांकमा उल्लेख छ। असार मसान्तसम्ममा १०० अर्ब भन्दा बढी कारोबार हुँदै थियो । जेठसम्म जिप, कार, भ्यान ६ हजार २६६ वटा, ४६९ वटा तीन पाङ्ग्रे र १ हजार १७६ वटा विद्युतीय माइक्रो बस तथा बस ट्रक आयात भएको कार्यालयले जनाएको छ । जेठसम्म आयातित सामग्रीको शुल्कबाट २८ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको कार्यालयले उल्लेख गरेको छ ।


































