National life

राजावादीहरुको संविधानविरुद्धको हर्कत नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ फागुन २०८१, आइतबार
571Shares
राजावादीहरुको संविधानविरुद्धको हर्कत नियन्त्रण गर्न  सरकारको ध्यानाकर्षण
ncell

काठमाडौँ । राष्ट्रियसभा सदस्यहरूले राजावादीहरूको प्रदर्शनलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

आज (आइतबार) राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसदहरूले संविधान विपरीत राजसंस्था फर्काउने भन्दै अराजक गतिविधि भइरहेको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले प्रतिगामी तत्त्वहरू सक्रिय भएर संविधानको उलंघन गर्दै अधिकार खोस्ने प्रयास भइरहेको भन्दै सजक बन्नुपर्नेमा जोड दिएका छन्। मसानघाटमा पुर्‍याएको राजतन्त्र कुर्लिरहेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने धारणा राखेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्रियसभाका अर्का सदस्य जगप्रसाद शर्माले राजाको वंश विनाश गरेकाहरूले नै राजा फर्काउने नाटक मञ्चन गरिरहेको तर्क गरेका छन् । संविधान र व्यवस्थाविरुद्धको हर्कतलाई सरकारले नियन्त्रण गर्न नसकेको उनले बताए। शर्माले देशमा अराजकता, संविधानविरुद्धको हर्कत भएको भन्दै सरकारले तुरुन्त नियन्त्रण गर्न माग गरेका छन्।

बैठकमा प्रधानमन्त्रीका तर्फबाट उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेका थिए। राष्ट्रियसभाको अर्को बैठक आगामी महिना चैत ४ गतेका लागि बोलाइएको छ।

यो समाचार शेयर गर्नुहोस्
571SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?